४० औं जिल्ला सभाको अधिवेशन सम्पन्न

581

४० औं जिल्ला सभाको अधिवेशन सम्पन्न

logoबुटवल, चैत । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४० औं जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । रेडक्रस धकधई उपशाखाको आतिथ्यतामा रामनरेश यादव आदर्श उच्च मा वि को सभाकक्षमा सम्पन्न भएको हो । रेडक्रस धकधई उपशाखाका सभापति अनिल कुमार कौशलको सभापतित्वमा भएको सभामा आर्थिक बर्ष २०७१÷०७२ को प्रतिवेदन एवं २०७३–०७४ को प्रस्तावित कार्यक्रम शाखाका मन्त्री कृष्ण पंगेनी तथा आ.व. २०७१÷०७२ को लेखा परीक्षण प्रतिवेदन एवं २०७३÷०७४ को प्रस्तावित बजेट कोषाध्यक्ष दल बहादुर थापाबाट प्रस्तुत गरिएको थियो । जिल्ला शाखा सभापति प्रेमलाल उदासबाट आगामी बर्षमा उपशाखाहरु तथा जुनियर÷युवा रेडक्रस सर्कलहरुबाट गरिनु पर्ने कार्यनीति तथा गतिविधिहरु बारे जानकारी गराउनु भएको थियो ।
सो अवसरमा रेडक्रसका केन्द्रीय उपाध्यक्ष सुदर्शन प्रसाद नेपालले नेपाल रेडक्रस सोसाइटीको सांगठनिक संरचना विश्व भरिका रेडक्रसहरु मध्ये उत्कृष्टमा पर्ने हुँदा रेडक्रसका सम्पुर्ण स्वयंसेवकहरुलाई अझ बढि दृढताका साथ अगाडि बढ्न आग्रह गर्नु भयो ।
कार्यक्रममा रेड सन रिसोर्ट बसन्तपुरका संचालक प्रमोद यादव, रेडक्रस रुपन्देहीका निवर्तमान सभापति निधान चन्द्र श्रेष्ठ, उपसभापति दिपक क्षेत्री न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, दयानगर उपशाखाका सभापति हरि बहादुर थापा, धकधई उपशाखाका सल्लाहकार एवं सिक्टहन नि.मा.वि.का प्र.अ. दुधनाथ कँुवर लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा रेडक्रस जिल्ला शाखाद्धारा स्थापित वामदेव जोशी स्मृति पुरस्कार २०७१ सालको प्रवेशिका परिक्षामा सामुदायिक विद्यालय एवं छात्रा तर्फ प्रथम हुने शान्ति नमुना उच्च मा वि मणिग्रामका छात्रा भावना अर्याललाई प्रदान गरिएको थियो भने उत्कृष्ट सर्कलहरु तर्फ प्रथम पुरस्कार जु.रे.स. मदरल्याण्ड ई. स्कुल, बुटवल, द्धितीय पुरस्कार जु.रे.स. उजिर सिंह मा.वि.बुटवल र तृतीय जु.रे.स. दीप बो. उच्च मा. वि. बुटवलले प्राप्त गरेका थिए । रोशिता सृष्टिना छात्रवृत्ति तर्फ प्रथम मदरल्याण्ड ई. स्कुलका सन्दीप कुंवर, द्धितीय उजिर सिंह मा.वि.का आस्था नेपाली र तृतीय दीप बो. उच्च मा.वि.का इभा नेपालले प्राप्त गर्नु भयो ।
साथै यस बर्ष उत्कृष्ट उपशाखा पुरस्कार दयानगर उपशाखा, उत्कृष्ट स्वयंसेवक पुरस्कार बुटवल उपमहानगरपालिकाका चित्रमान गौचन र उत्कृष्ट कर्मचारी पुरस्कार बरिष्ठ जिल्ला शाखा अधिकृत शैलेन्द्र तुलाधरले प्राप्त गरेका छन् । उक्त अधिवेशनको दोस्रो सत्रमा आ.व. २०७३÷०७४ को प्रस्तावित कार्यक्रम एवं आ.व. २०७३÷०७४ का लागि एक करोड सतहत्तर लाख छयासी हजार चार सय पचहत्तर रुपैयाँको प्रस्तावित बजेटमा छलफलपछि अनुमोदन भएको छ ।