मानव धर्ममा प्रवचन

245

मानव धर्ममा प्रवचन

बुटवल, ५ असोज । मानव धर्म सेवा समिति लुम्बिनी अंचल आश्रम बुटवलले आफ्ना गुरु श्री सत्पालजी महाराजको ६६ औं जन्मोत्सव मनाइरहेको छ ।

समितिले बुटवलमा तिन दिनसम्म बिभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइरहेको हो । समितिले पहिलो दिन रक्तदान, दोश्रो दिन आज सत्संग तथा प्रबचन गरेको हो भने बिहीबार समिक्षा गर्ने आश्रमका अध्यक्ष शरण पौडेलले बताउनुभयो  ।

सत्संग तथा प्रबचन कार्यक्रमका प्रमुख अथिति बुद्ध टेलिभिजनका कार्यकारी अधिकृत बिष्णु भुसालले मानीसहरुको सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो । भुसालले  सबैलाई आत्म शान्ति र चित्त शुद्ध बनाउन आग्रह गर्नुभयो । अध्यक्ष शरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ,इन्चार्ज चांदनी बाइजी, लक्ष्मी बाइजी, चन्द्रकान्ता बाइजी, अविला बाइजी, उपाध्यक्ष चेतनारायण गौतम लगायतले बोलेका थिए । कार्यक्रममा नाटक पनि प्रर्दशन गरिएको थियो ।