प्रर्दशनीमा ५० अन्तराष्ट्रिय स्टल दर्ता

237

प्रर्दशनीमा ५० अन्तराष्ट्रिय स्टल दर्ता

बुटवल, १५ असोज । बुटवल मण्डपमा हुने राष्ट्रिय औद्योगिक प्रर्दशनीमा ५० वटा अन्तराष्ट्रिय स्टल दर्ता भएका छन् । कात्तिक ४ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको प्रदर्शनीको तयारी तीब्र पारेको आयोजक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले जनाएको छ ।

मेलामा भारत, बंगालादेश, पाकिस्तान, चीन तथा थाइल्याण्डका गरि अहिलेसम्म ५० कम्पनीका स्टल दर्ता भैसकेका छन् भने आयोजकले अझै ५० स्टल संग छलफल भैरहेको जनाएको छन् । अन्तराष्ट्रिय स्टलका लागि भारत, बंगलादेश, थाइल्याण्ड, पाकिस्तानमा रहेका प्रदर्शनी व्यवस्थापक कम्पनीसंग सम्न्वय गरेर स्टल बुकिङ गरेको स्टल ब्यबस्थापन उपसमितिका संयोजक प्रबिण बहादर पाठकले बताउनुभयो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि जम्मा ५ सय स्टल रहने र मेलामा हालसम्म नेपालका ३०० स्टल दर्ता भैसकेका छन् । प्रदर्शनीले बिभिन्न देश का व्यवसायीहरुबिच व्यापार बिस्तार, प्रबिधि हस्तान्तरण, आयत निर्यात तथा पर्यटन प्रदद्र्धनमा टेवा पु¥याउने आयोजकले जनाएको छ ।

मेलामा बिदेशी कम्पनीका बा्रण्डेड तयारी पोशाक, बिद्युतीय सामग्री, हस्तकला, छालाका सामग्रीहरु, फर्निचर तथा मार्बलहरुको स्टल तथा टुर प्योजको समेत ब्यबस्था मिलाइएको स्टल बुकिङ ब्यबस्थापन उप समितिका संयोजक प्रबिण वहादुर पाठकले बताउनुभयो ।