उद्योगले प्रदूषण फैलाएको आरोप

320

उद्योगले प्रदूषण फैलाएको आरोप

sugar-cane

परासी, १८ असोज । ‘इन्दिरा सुगर मिल एन्ड एग्रो’ इन्डष्ट्रिज गङ्गापुरले प्रदूषण फैलाएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

उद्योगबाट निस्कने फोहर पानीले स्थानीयवासीको स्वास्थ्यमा असर पारेको जनाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सो उद्योगले डिस्टिलरी सञ्चालनमा ल्याएपछि प्रदूषण बढेको स्थानीयवासीको आरोप छ । उद्योगबाट निस्कने दूषित पानीले अन्नबालीमा समेत क्षति पुगेको प्रदूषणपीडित सङ्घष समितिका अध्यक्ष विनोद यादवले बताउनुभयो ।

“प्रदूषित पानी खाँदा गाईबस्तुको स्वास्थ्यमा समेत समस्या देखिएको छ,” उहाँले भन्नुभयो । प्रदूषण नियन्त्रण गर्न उद्योग व्यवस्थापन र स्थानीयवासीबीच सम्झौता भए पनि कार्यान्यवयन भने भएको छैन् । स्थानीयवासीले डिस्टिलरी बन्द गर्नुपर्ने माग गर्दैआएका छन् । उद्योगबाट निस्कने दूषित पानीले प्रतापपुर, गुठी सूर्यपुरा, गुठीप्रसौनी, पकलिहवा र नरसहीका बासिन्दा मारमा परेका छन् ।