अनि सरकार, मैले कसरी मानु यो संघीयता ?

807

अनि सरकार, मैले कसरी मानु यो संघीयता ?

binod-bhandari

मेरो घर वुटवल
मेरो पुर्खाको घर पाल्पा
मेरो मावलगुल्मी
वुवाको मावलअर्घाखाची
तर
मेरो ससुराली भैरहवा
किनभने म पहाडी भएर पनि
मधेसीसंग विहे गरेको छु
दशैंमा ससुरालीमधेषमा मनाउँछु
तिहार मान्न पहाड जान्छु
यज्ञजात्राहुँदा,
मेरो घरमा
गुल्मीवाट आउँछन् आफन्तीहरु
पाल्पावाट झर्छन् इष्टमित्रहरु
र अर्घाखाचीवाट पाहुनाहरु
अथवाभनुँ
मेरो घरको आगँनमा
मधेष पनि हुन्छ, पहाड पनि हुन्छ
वुटवल, भैरहवामधेसहुन्
पाल्पा,गुल्मी,अर्घाखाची पहाड हुन्
तर म बाँधिएको छु
रुपन्देहीमापनि, पाल्पामापनि
गुल्मीमापनि, अर्घाखाचीमापनि
अथवाभनुँ
ममिसिएको छु
तराइ र पहाड दुवैमा ।
८८८
मेरो पेशाव्यापार
म पाल्पावाट सब्जी मगाउँछु
वुटवलमा बेच्छु
भैरहवाबाट कपडा मगाउँछु्
अर्घाखाचीमा बेच्छु
गुल्मीवाटकफी मगाउँछु
भैरहवाको बजारमा वेच्छु
मधेषको चामल पहाड पुग्छ
पहाडको तरकारी तराई
तराइकाव्यापारि पहाड चहार्छन्
पहाडकाव्यापारि तराई
सम्वन्धआगाध छ
साइनो अटुट छ
दरार आएको छैन
बस् दरार त अवल्याउनखोजेजस्तो लाग्छ
सरकारवाट
हो सरकार
कसलाई सोधेर अलगगर्न लागेको यीजिल्ला?
८८८

वुटवलवासीको तिर्खा मेटाउन
पाल्पावाट तिनाउझरेको छ
चिसो बतास लिएर त्यहीनदी
भैरहवाको सुख्खा खेतहरु भिजाउँछ
र त उब्जन्छन् अन्नहरु
मधेसमा ।
अनि
भैरहवावासीमधेसी बन्धुहरु
आफ्नो उत्पादनलिएर
पुग्छन् पहाडी जिल्लाहरु
र तउपभोग गर्न पाउछन्
पहाडीहरु ।
पुर्खाको सम्बन्ध छ
पानिको सम्बन्ध छ
उत्पादनको सम्बन्ध छ
व्यापारको सम्बन्ध छ
अथवाभनुँ
सम्बन्धपत्रपत्रमा छ
यीजिल्लाहरुबिच ।
तर यहीअक्षुण सम्बन्धधमिल्याउनकिनखोजेको ?
भन सरकार, कसलाई सोधेर
अलगगर्न लागेको यीजिल्ला?
८८८
वुटवलका मान्छेहरु भाकल गर्छन्
र पुग्छन् सुपादेउराली
जुनअर्घाखाचीमा छ
पाल्पालीहरु
सिद्धवावा दर्शन गर्न
वुटवल झर्छन्
अनि
वुटवलवासीहरु
माघे सक्रान्तिमा स्नानगर्न
रिणीसम्म पुग्छन्
जुनगुल्मीमा छ
पहाडीहरु सवै घुम्न आउँछन् लुम्विनी
जुनमधेसमा छ
तर
यतिमिलेर बसेको भूगोल
यतिधेरै स्नेहले बाधिएको क्षेत्र
म बसेको थातवासको सिमानाकोर्ने
तिमीको हौ ?
हो सरकार तिमीको हौ ?
काठमाडौंमा बसेर मेरो जिल्लाचिर्ने
तिमीकोहौ ?
म बसेको पुर्खौदेखीको थातवास
मेरो स्वीकृतिविना
मनलागीसिमानाकोर्न
तिमीलाई कस्ले आज्ञा दियो ?
न मेरा प्रतिनिधिखुसी छन्
नयहाँबस्ने बासिन्दा
न त यो माग सुनिएको थियो
किन यस्तो प्रस्तावल्यायौ सरकार
हेर त आन्दोलनहुँदैछ
हजारौ सडकमा ओर्लिएका छन्
हेर त बन्दहुँदैछ
बन्द र आन्दोलनगर्नै हुँदैन
मलाईपनि स्वीकार छैन
तर सरकार
तिमीले काठमाडौंवाट
मेरो जिल्लाहरुबिचसिमाकोर्ने
तिम्रो यो कदम कसरी स्वीकार गरुँ म ?
अनि सरकार
मलाईकुनै राजनितिक पार्टीले उक्साएको होइन
किनभने मलाई राजनितिसँगकुनै मतलब छैन
मेरो चाहना त वस्
नङ्गमासुको सम्बन्धभएको
क्षेत्रलाई किनवित्थामाविभाजनगर्ने ?
मिलेर बसेको क्षेत्रलाई
विभाजिनगर्दा
कसलाई राम्रो लाग्छ र सरकार ?
भन सरकार तिमीले भनेको संघियता
यस्तै हो त ?
अल्पसंख्यकलाई अधिकार दिने
दुर्गम वस्तीहरुमा सुविधापुर्याउने
सरकारी कामकाजलाई
सवै ठाउँमा सहजबनाउने
उद्देश्यहोइन र संघियताको ।
हो नी
त्यसमा त कसको विमतीहुन्थ्यो र सरकार
वुझिदे सरकार
मेरा मधेसीवन्धुहरुको
उपेक्षितव्याथाहरु
सम्वोधनगरिदे
उनीहरुकाजायजमागहरु
दुर्गम ठाउँमा बस्नेहरुको व्याथाहरु
गरिवी र विपन्नहरुकापनि उस्तै कथाहरु छन्
वुझिदे उनीहरुका पीडा पनि
तर
मिलेर बसेकालाई
तेरो क्षेत्रयताअनि तेरो उता
यो के गरेको सरकार ?
एउटाको समस्यावुझिदिने
नाउँमा
अक्षुण सम्बन्धभएको क्षेत्रलाई
अलगकिनगर्न लागेको सरकार ?
मैले वुझिन
मलाईवुझाउ
नभए मैले कसरी मानु तिम्रो यो सिमांकन?
मैले कसरी मानु म जोडिएको भुमिको विभाजन?
अनि सरकार,
यस्तै हो भने
मैले कसरी मानु तिम्रो संघियता ?

विनोद भण्डारी

bhbinod51@gmail.com