अञ्चलस्तरीय बादविवाद शुक्रबार हुने

809

अञ्चलस्तरीय बादविवाद शुक्रबार हुने

बुटवल, २ माघ । अञ्चलस्तरीय अन्तर माध्यमिक विद्यालय बादविवाद प्रतियोगिता आउने शुक्रबार बुटवलमा हुने भएको छ । लुम्विनी अञ्चलका ६ जिल्लाबाट छनोट भएका १९ जना विद्यार्थी प्रतियोगिहरुले बुटवलमा हुने फाईनलमा आफ्नो प्रतिभा देखाउने भएका छन् ।

बुटवल–१० सुख्खानगरमा रहेको एभरेष्ट उच्च माविको आयोजनामा हुने प्रतियोगिताको फाईनलका लागि यसअघिनै लुम्बिनी अञ्चलका ६ जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले विभिन्न शिर्षकमा आआफ्ना रचनाहरु बाचन गरेका थिए । प्रत्येक जिल्लामा भएका प्रतियोगिताबाट प्रथम, द्वितिय र तृतिय भएका तीन÷तीन जना विद्यार्थीहरुले फाईनलमा प्रतिस्प्रधा गर्ने एभरेष्टका सहायक प्राचार्य विष्णु अर्यालले जानकारी दिनुभयो ।

यस्तै एभरेष्टमा विभिन्न रचनात्मक कार्यक्रमहरु पनि सम्पन्न भएका छन् । कक्षा ४ देखि ९ कक्षासम्म भएको अंग्रेजी बक्तृत्वकला प्रतियोगितामा कक्षा ४ र ५ बाट विशाल भूषाल, ६ र ७ बाट अंकित भूषाल र ८ र ९ बाट वर्षा भण्डारी प्रथम भएका छन् । त्यसैगरी विभिन्न चरणमा तहगत सदनात्मक भलिवल, बास्केटबल, फुटवल प्रतियोगिताहरु पनि सम्पन्न भएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्रिन्सिपल माधव आचार्य लगायतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनु भएको थियो ।