बाँकेको चपरगौरीमा गुडिरहेको गाडीमा अागलागी,दशको मृत्यु

बाँकेको चपरगौरीमा गुडिरहेको गाडीमा अागलागी,दशको मृत्यु

accident1

बुटवल,कार्तिक ३/पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुस्मा गाविस-८ चपरगौरीमा यात्रुवाहक बस दुर्घटनामा परी आगलागी हुँदा सात जना यात्रुको जलेर मृत्यु भएको छ। बसमा करिब ५५ जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि जलेको बसबाट सात जनाको शव निकालिएको छ । शव पूर्ण रुपमा जलेकाले पहिचान गर्न सकिएको छैन ।बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको बस अपरान्ह ४ बजे दुर्घटना भएको थियो । गाडीमा भएको ग्यास सिलिण्डर पड्किएर अागो लागेको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले उद्धार गरिरहेका छन्।स्थानीय भरत खड्काका अनुसार बसबाट १२ जना मानिस जलेको अवस्थामा निस्किन सफल भएका थिए । उनीहरुको बाँके र दाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खड्काका अनुसार बसना ग्यास र पेट्रोलियम पदार्थ भएकाले दुर्घटनामा पर्नासाथ अागलागी भएको थियो । अागलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । उनले भने, ‘म एक जना महिलालाई जलेको अवस्थामा लमहीतर्फ उपचारका लागि लैजाँदै छु । कति मानिसको मृत्यु भयो भन्ने यकिन भएन र बस नम्बर पनि पहिचान गर्न सक्ने अवस्था छैन ।’उद्धारमा खटिएका सशस्त्र प्रहरी बल खासकुस्माका प्रमुख खगेन्द्र चन्दले बसभित्र जलेर रहेको अवस्थामा शव फेला परेको जानकारी दिए । पूर्ण रुपमा जलेकाले कुनै शव पहिचान गर्न नसकिएको उनले बताए । उक्त बस बुटवलबाट बिहान ११ बजे नेपालगन्जका लागि छुटेको थियो ।यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–१८ सतुङ्गलमा नम्बर नखुलेको सवारी साधनले आज ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल यात्रीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुङ्गाका विदुरकुमार बुढाथोकी रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै रौतहट गरुडा नगरपालिका–१३ जयनगरस्थित वीरेन्द्र राजमार्गमा बिआर ३० बि ५४९५ नम्बर र बिआर ३० के ६९७६ नम्बरका मोटरसाइकल  दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मठियाका ६० वर्षीय शेष इद्रिसको गरुडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घाइतेमध्ये दुई जनालाई उपचारको लागि गरुडा मेडिकल र दुईजनालाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।यस्तै उदयपुर जिल्लाको साउने–१ स्थित सगरमाथा राजमार्गमा बा २ ख ७६५६ नम्बरको मिनीट्रक आज दुर्घटना हुँदा ट्रकमा सवार खोटाङ बतासे–२ का श्रद्धा राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित तीनजनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ –
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •