चाडबाड बिशेषत- बडादशैलाई स्वास्थ्यमैत्री बनाऔ

984

चाडबाड बिशेषत-  बडादशैलाई स्वास्थ्यमैत्री बनाऔ

12food1

 डा. प्रकाश बुढाथोकी/

हाम्रो  ईतिहास हजारौ बर्षको छ । हाम्रो पात्रो चाडबाड तथा उत्सबहरुले खचाखच छ ,यदिसम्म पनि भनिन्छ कि नेवारी समुदायमा त ३६५ दिनको बर्षमा ३६६ वटा पर्व हुन्छन । सांस्कृतिकरुपमा हाम्रो संस्कृति एकदमै धनी छ ।चाडवाड मनाउन रमाउछौ नियमीत कार्यबाट फुर्सद लिन आनन्द मान्छौ ।जन्मेदेखी मरणसम्म अन्नप्रासन, ब्रतबन्ध, बिवाह, जन्मदिन,पास्नी लगायतका उत्सव सवै खानेकुरालाई केन्द्रबिन्दु बनाएर नै मनाऊछौ । यी सबै हाम्रा समृद्ध परम्परा हुन ।किनभने . चाडवाडले हामीलाई हाम्रो खाना ,धर्म र आस्थासंग बन्ध जोडिराख्छन ।. हामीलाई हाम्रा नातेदार तथा साथीभाईसंग भेटघाट गर्ने अवसर दिन्छ ।. हामीलाई आराम लिने र आफ्नो संस्कृतिलाई सम्हालिराख्ने मौका दिन्छन ।
तर यस्कै नाममा जीवनशैली अनियमीत र मनाउने तरिका अस्वस्थकर भईदिदा बिभिन्न स्वास्थ्य समस्याबाट जगडिरहेका हुन्छौ ।जानी जानी बिहान चाडै उठेर नियमीत ब्यायम गर्ने बानी छोड्छौ,राती पनि अबेर सुत्छौ ।पाहुनापात,साथीभाई घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनौ,बिहान चाडै उठेर ब्यायाम तथा घुमफीर गर्ने काम पनि खुशीसाथै छोडछौ ।चाडवाडमा यस्ता नियमीत र स्वस्थकर कुराले महत्व गुमाउनु र हाम्रा लागि जरुरी नभएपछि केही न केही स्वास्थ्य समस्या ल्याऊछ नै । दशै,तिहार तथा अनेकन चाडवाडले धेरै मानिसलाई बिरामी बनाएर चिकित्सक वा अस्पताल ल्याऊछन ।ट्राइृग्लिसिराईड,युरिक एसिड,सुगर,उच्चरक्तचाप ३० देखी ४० प्रतिशत माथि गएको हुन्छ ।यस्को स्तर ठिकमा ल्याऊदासम्म शरीरको भित्रीभागमा केही न केही नोक्सान भईसकेको हुन्छ ।

चाडपर्वको बेला खानेकुरामै ज्यादा ध्यान केन्द्रित हुन्छ । बिहान उठेदेखी राती नसुतेसम्म तथा दिनभर नै अब अर्काेपटक के खाने भन्ने छलफलमै ब्यस्त बन्छौ । अस्वस्थकर स्न्याक्स नै सस्तो हुन्छ,चाडो तयार पार्न सकिन्छ,मिठो स्वाद अनि सजिलैसंग उपलब्ध पनि ।भोजमा दिईने खानेकुरामा प्रशस्त चिल्लो र नुन हुन्छ । जस्ले चाडपर्वको अन्तमा रक्तचाप,रगतमा चिनीको मात्रा,युरिक एसिड,कोलेस्टेरोलका साथै शरीरको तौल पनि बढाईदिएको हुन्छ । त्यस्तै पोषणका हिसाबले मात्र नभई स्वस्थताका हिसाबले पनि निम्न गुणस्तरको खानाले चाडको समाप्तीसंगै स्वास्थ्यमा समस्या ल्याउनेगर्छ ।भोज खान बिहानैदेखी भोको बस्ने,जमातका लागी पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र खाने आदिले गर्दा बिभिन्न जिवाणुको संसर्गमा आई अपच,आऊ,टाईफाईड तथा कमलपीत्त जस्ता अनेकन रोगहरु लाग्नेगर्छन । चाड मनाउने भनेको एकदमै रक्सी खाने,धुम्रपान गर्ने,मासु खाने एकसाथै आऊछन ।खानेकुराको परिमाण पनि बढ्छ ।रक्सीसंगै सेवन गरीने खानेकुरा पनि नुन र तेल बढी भएका तयारी खानाकै प्रचुरता बढ्छ ।निस्क्रिय धुम्रपान गर्न बाध्य पनि भईन्छ र बनाईन्छ ।रक्सी सेवन तब यात्राले सडक दुर्घटनाले अस्पतालका आकस्मिक कक्ष भरिनेगर्छन ।एकछिनको आरामदायी साझले जिन्दगीको पटाक्षेप निम्त्याई परिवार र समाजका लागी अपुरणीय क्षती बन्नसक्छ भन्नेमा ख्याल राख्दैनौ ।
त्यस्तै राती ८ बजे अघि खाना खाने र १० बजेभित्र सुत्ने संभावना पनि कम रहन्छ र घरपरिवारलाई दिने समय पनि दिनसकिदैन ।अबेर खादा तौल बढ्ने,घुर्ने र भोलिपल्ट बिहान उठन नसक्ने र प्रातभ्रमण र ब्यायाम हुदैन । चाडवाडमा हामीले गरिरहेका बानी अपनाएका जीवनशैलीले हिजोसम्म स्वस्थकर खाना र जीवनशैलीका बारेमा शिक्षा दिने अभिभावकप्रतिको बिश्वास डगमगाउछ र जस्ले बालवालिकालाई समेत नकारात्मक असर पार्दछ ।
चाडपर्व भन्ने बित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दशैं र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । त्यसैले के बुढा, के बालक, के राजा, के रंक हरेकको भान्साबाट मासुको वासना आउ“छ । खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन जान्छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिगंटा लाग्ने, आ“खा पोल्ने विझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटु सम्बन्धी, मृगौला सम्बन्धी, कलेजो सम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । उपभोग गर्ने मासु अस्वस्थ भइदिए १६० प्रकारका रोगहरुले आक्रमण गर्नसक्छन् ।
बिरामी नहुनुको अर्थ तपाई स्वस्थ हुनुहुन्छ भन्ने होईन,स्वस्थ रहनलाई सदैव आफूलाई सन्तुलित राख्ने प्रयास गर्नुपर्दछ । स्वास्थ्यको आनन्द उठाउन पोÈकतत्वको उपयोग गर्नुपर्दछ । किनभने शारिरीक सक्रियता भएका मोटा ब्यक्ति ब्यायाम नगर्ने दुब्ला ब्यक्तिको दा“जोमा ह्रदयघातबाट बढी सुरÔित हुन्छन ।मासु संगै सागपात, फलफुल, फाईबर, दहि,सलाद र प्रशस्त पानी खादा“ त्यसमा हुने रेशाा वा फाईब्ररले कोलेस्टेरोल घटाउ“छ,पाचन प्रणाली राम्रो बनाउ“छ । बनस्पती तेल,शुध्द्ध,सादा मसला र कम नुन प्रयोग गर्नु राम्रो हुन्छ । मासु संगै रक्सी खाने चलन झनै नराम्रो हुन्छ ।नियमित खाईरहेका औÈधी खान बिर्Èदा ह्दयाघात,पÔाघात जस्ता जटिलता आउनसक्छन । दिनहु १ घण्टा परिश्रम पर्ने गरी हिडन,ब्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्न हुदैन ।
अन्तमा, उत्सव स्वस्थकर बनाउन रमाईलोका साथै साथीभाई र परिवारसंग गुणात्मक समय बिताउनुपर्दछ । चाडवाडको धार्मीक पक्ष कथा र दिने असल शिक्षा र प्रेरणा बालवालिकालाई दिन उद्धत हुनुपर्छ,ऊनीहरुसंग समय ब्यतीत गर्नेगरौ ।खाना स्वस्थ,थोरै र ईच्छानुसार मात्र सेवन गर्न तथा दिन उत्प्रेरीत गरौ ।दैनिक कार्यमा अडिग रहनपर्दछ र चाडै सुत्ने,बिहान छिटै उठी ब्यायाम गर्न छोडनु हुदैन ।हामी बालबालिकाको आदर्श भएकाले हाम्रा ब्यवहार उनीहरुलाई बिगार्ने खालका हुनुहुदैन