जाजरकोटमा दुर्घटना

313

जाजरकोटमा दुर्घटना

जाजरकोट, २६ फागुन । सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा चौध जना यात्रुको निधन भएको छ ।

भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ । बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । रासस