भारतले बचन पूरा गरेन-परराष्ट्रमन्त्री

भारतले  बचन पूरा गरेन-परराष्ट्रमन्त्री

kamal

काठमाडौं, कात्तिक ७/उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी खुलाउन भारतले दिएको बचन पूरा नभएको बताएका छन् ।संसद बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले वार्ता गरेको एक साता हुदाँ पनि समस्या समाधान नभएको बताए ।आफूले दिएको बचन पूरा गरेर जिम्मेवारी पुरा गर्न उनले भारत सरकारसँग आग्रह गरे । उनले नेपालप्रतिको जिम्मेवारी पूरा गर्न कुनै पनि कसर भारतले नराख्नेमा आफू विश्वस्त भएको उनले बताए ।सरकारले युद्दस्तरमा काम गरिरहेको भन्दै आपूर्ति व्यवस्था सहज र सुलभ बनाउन र भारतसँग कुटनीतिक पहलसँगै इन्धन आपूर्ति अभावलाई चाडो हटाउन बैकल्पिक प्रयास स्वरुप निजी क्षेत्रको सहयोग र अन्य मुलुकबाट इन्धन आपूर्ति गर्न प्रारम्भिक कार्य शुरु भइसकेको उनले बताए।’जनताले भोगिरहेको समस्या एउटा स्वाभिमानी र स्वतन्त्र राष्टले आफ्नो निर्णय आफैले गर्न लाग्दा विश्व समुदायले स्वागत र सहयोग गर्नु पर्ने हो। तर दशैको बेलामा पनि जनताले अभाव सहेर भएपनि सरकार, राजनीतिक दल र नेतृत्वप्रति देखाएको सदासयप्रति स्वाभिमानी नेपाली जनतामा आभार व्यक्त गर्छु। जनताले देखाएको सदभावले राष्टिय स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण राख्न सरकार प्रयत्नशिल रहनेछ। उनले भने ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •