सैनामैना गोल्डकप सुरु

321

सैनामैना गोल्डकप सुरु

ललित पाण्डेय/
सैनामैना, १ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटवल प्रतियोगिता आज बाट सुरु भएको छ । आयोजक जनप्रिय स्पोर्टिङ्ग युवा क्लब र देशभक्त भैरव एफ.सी नवलपरासी बिच  खेल भएको हो ।

आज भएको पहिलो खेलमा आयोजकलाई फराकीलो गोल अन्तर ८–२  ले  हराउदै भैरव एफसी नवलपरासीले खेल जितेको हो ।  खेलमा नवलपरासीका १२ नम्बर खेलाडी राम बहादुर थापाले ६ गोल गरेका थिए । त्यस्तै फोरम बहादुर फौजा, सुरेन्द्र बुढाथोकीले  १–१ गोल गरेका थिए । आयोजकका मनु काउछा र सुनिल छन्त्यालले १–१ गोल गरेका थिए ।  आजको खेलमा नवलपरासीका ६ गोल गर्न सफल राम बहादुर थापा खेलको म्यान् अफ् म्याच  घोषित भएका छन् ।

कला संस्कृतिको जगेर्ना गरौं, खेलकुद क्षेत्रलाई सम्मान गरौं भन्ने नारा लिएको गोल्डकपको  सैनामैना नगरपालिकाको सरंक्षक रहको छ । सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा  सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली एन्फा एकेडेमी बुटवल र कपिलबस्तु जिल्ला फुटबल संघ बिच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७, द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागत रुपमा उत्कृष्ट खेलाडीलई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष किशोर रानाको अध्यक्षता सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर वलीको प्रमुख आतिथ्यतामा भएको खेलमा जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ कुमार केसी लगाएतले फुटवलको विकासमा स्थानिय रुपमा प्रतियोगिता हुनु पर्नेमा जोड दिएका थिए ।