पाल्पामा जिप दुर्घटना,दुईजनाको मृत्यु

पाल्पामा जिप दुर्घटना,दुईजनाको मृत्यु

logo

पाल्पा, कात्तिक ९/पाल्पाको झिरुवास गाविसमा जिप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।भिरुवास– ७ लाँकुरीभञ्याङमा गएराति जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । घाइतेको अहिले रामपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेहरुमा झिरुवास– ७ ढाक्रेसिंह बस्ने १९ वर्षीय गुणराजसिंह ठकुरी र १९ वर्षीय धनबहादुर पाटा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेख गरेको छ । भिरुवासबाट विरामी बोकेर रामपुर अस्पताल आउँदा लु १ ज २६४७ नम्वरको जिप दुर्घटना भएको हो । जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।राति १२ बजे दुर्घटना भएपनि प्रहरीलाई राति २ बजे मात्र जानकारी प्राप्त गरेको प्रहरी स्रोतले बताएको छ ।रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •