मोर्चाले रुपन्देहीेमा आन्दोलन कडा बनाउने

504

मोर्चाले रुपन्देहीेमा आन्दोलन  कडा  बनाउने

sunuli boarder photos (2)

भैरहवा , ९ असोज ।मधेशका मागलाई संविधानमा लिपिवद्ध गर्नुपर्ने माग राख्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ ।
नेपालीहरुको मूख्य चार्ड दशैँलाई मध्यनजर राखेर असोज २९ गते देखि कात्तिक ९ गतेसम्म खुकुलो पारीएको आन्दोलनलाई भोलि कात्तिक १० गतेदेखि थप सशक्त पारीने संघिय समाजवादी फोरम रुपन्देहीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेशि मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवले जानकारी दिनुभयो ।
अबको आन्दोलन निर्णायक आन्दोलन हुने र विगतका आन्दोलन भन्दा कडा हुने उहाँको भनाई छ । मोर्चाले सिमाक्षेत्रमा भईरहेको पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्ने पनि जनाएको छ । आन्दोलन ग्रामिण क्षेत्रमा केहि खुकुलो पारीने आन्दोलन बजार , राजमार्ग , सिमानाका , उद्योगधन्दा , सवारीसाधन लगायतका क्षेत्र ठप्प पारीने मोर्चाले जनाएको छ ।