यमलाल भुसाल/
बुटवल ३ बैशाख । पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले मिशन शिभिल अभियान सञ्चालन गरेको छ । दुर्घटना न्यूनिकरण गर्ने उद्वेश्यले ट्राफिक प्रहरीले बुटवल क्षेत्रमा मिशन शिभिल अभियान शनिबारदेखि सञ्चालन गरेको हो ।
मिशन शिभिलमा ट्राफिक प्रहरीले प्रहरीको पोशाक नलगाई सादा पोशाकमा सडकमा उभिएर सवारी चालकहरुलाई चेकजांच गर्ने गरेको छ । विशेष गरी पलस टु का विद्यार्थीलाई लक्षित गरि अखियान सञ्चालन गरिएको पच्चिमाअञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अवदेश विष्टले जानकारी गराउनुभयो । अभियानमा तिव्र गती, विना हेलमेट, विना लाइसेन्स, मादक पदार्थ सेवन, सवारी साधनको मोडिफाई र सवारी सधान चलाउंदा मोवाइर्लमा कुरा गर्नेहरुलाई निरुत्साहित गर्न अभियान सञ्चालन गरिएको हो ।
अभियान सञ्चालन गरेपछि दुई दिनको अवधिमा ६३ जना मोटरसाईकल चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पोशाक लगाएर सडकमा सवारी साधन चेकजांच गर्दा ट्राफिक नियम विपरित सवारी चलाउनेहरु भाग्ने गरेकाले मिशन शिभिल अखियान सञ्चालन गरिएको हो । यो अभियान प्रभावकारी भएको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।
जस अन्र्तगत सवारी चालक अनुमति पत्र लाईसेन्स ३२, लाईसेन्स विना सवारी साधन चलाउने १२, विलबुक नभएका १९ जनालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । अभियानमा पक्राउ परेकाहरुलाई कारवाहीस्वरुप पहिलो पटकलाई ५ सय जरिवाना र शनिबार एक घण्टा प्रशिक्षण, दोश्रो पटक पर्नेलाई १ हजार जरिवाना र एक घण्टा प्रशिक्षण र पटकपटक पर्नेलाई एक हजार ५ सय जरिवाना र एक घण्टा प्रशिक्षण दिईने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै सवारी चालक अनुमति पत्र नभएका व्यक्तिलाई मोटरसाईकल चलाउन दिने धनीलाई समेत ट्राफिक प्रहरी कार्यालयमा उपस्थिति गराई रु ५ सय जरिवाना गरिने छ । यो अभियानलाई पश्चिमाञ्चल क्षेत्रका प्रमुख शहरहरुमा सञ्चालन गरिने समेत प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।