कांग्रेस शीर्षनेताबीच केन्द्रीय समिति बैठकमा आरोप प्रत्यारोप

249

कांग्रेस शीर्षनेताबीच केन्द्रीय समिति बैठकमा आरोप प्रत्यारोप

Top_leaders

काठमाडौं, कात्तिक १६/प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदको निर्वाचनमा हात धुनुपरेपछि नेपाली कांग्रेसका शीर्ष नेताले त्यसको दोष एकअर्काप्रति थोपार्ने काम गरेका छन्।पार्टीको आसन्न १३औं महाधिवेशनको तयारी तथा पछिल्लो राजनीतिक अवस्थाबारे समिक्षा गर्न आइतबारदेखि केन्द्रीय समितिको बैठक शुरु भएको छ।बैठकको दोस्रो दिन सोमबार बोल्ने क्रममा शीर्ष नेताहरुले संसदमा भएको पछिल्लो निर्वाचनमा पार्टी पराजयको दोष एकअर्कालाई दिएका हुन्।सोमबारको बैठकको शुरुमा बोल्दै पार्टी सभापति सुशील कोइरालाले पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुको राय सुझाव तथा शीर्ष नेताहरुकै समर्थनमा आफू प्रधानमन्त्री पदका लागि प्रत्यासी बनेको दाबी गरेका थिए।एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री पदको प्रत्यासी बन्ने विषयमा अन्तिम समयमा आफूले उपसभापति रामचन्द्र पौडेललाई अगाडि बढाउन खोज्दा वरिष्ठ नेता शेरबहादुर देउवाले असहमति जनाउँदै सभापति स्वम्ं उम्मेदवार बनेमात्र मान्ने अडानका कारण आफै अघि सर्नु परेको दाबी कोइरालाले गरेका छन्।सभापति कोइरालाको अभिव्यक्ति टुंगिन नपाउँदै आक्रोशित हुँदै वरिष्ठ नेता देउवाले प्रतिवाद गर्दै कोइरालाले आफूसँग पौडेलको प्रस्ताव नगरेको दाबी गरे।‘मैले शुरुदेखि अन्त्यसम्म सभापति आफै उम्मेदवार बन्न चाहेको हो कि होइन र होइन भने संसदीय दलको विधान अनुसार दलको नेता चयन गर्न आग्रह गरेको हुँ,’ देउवाले स्पष्टिकरण दिंदै भने, ‘अबदेखि म तपाईसँग एक्लै कुनै कुरा पनि गर्दिन र भेट्दा पनि भेट्दिन।’ त्यसपछि उनी झोक्किदै बैठकबाट बाहिरिएका थिए।पार्टीको तर्फबाट आफूलाई उम्मेदवार नबनाएर ठूलो गल्ति गरेको दाबी गर्दै उपसभापति रामचन्द्र पौडेलले आफूलाई रोक्न सभापति र वरिष्ठ नेता लागिपरेको आरोप लगाए।‘पार्टी संगठनका लागि सबैभन्दा बढी योगदान दिँदा पनि आफूलाई रोक्न तपाईँहरू लागेको विषय म केन्द्रीय समितिदेखि महाधिवेशनसम्म भन्दै जान्छु,’ पौडेलले बैठकमा भने।एमालेसँगको सहमतिको यात्रा तोड्दै पार्टी सभापति कोइराला स्वम् उम्मेदवार हुने निर्णयको विरोध गर्दै पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएका पूर्णबहादुर खड्काले बैठकमा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गलत भएको जिकिर गरे।संविधान निर्माणका लागि भएको १६ बुँदे सहमतिमा हस्ताक्षर गर्ने बेलामा एमालेबाट भद्र सहमतिको कुरा आएपनि सभापति कोइरालाले पार्टी निर्णय विपरित आफूले कुनै निर्णय गर्न नसक्ने धारणा राखेको खड्काले बताए।‘यदि पार्टीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनै पर्ने अवस्थामा पनि सभापतिको सट्टा अरु कुनै नेतालाई समय छदैं अघि बढाएर अन्य दलसँग समर्थनको पहल गर्नुपर्ने थियो,’ खड्काले भने, ‘प्रधानमन्त्री पदको उम्मेदवारी दिने अघिल्लो दिन रातिसम्म सभापति कोइरालाले आफू उम्मेदवार नबन्ने बताउनु भएको थियो।’‍ खड्काले केही व्यक्तिले पार्टी पदाधिकारी तथा केन्द्रीय समितिको निर्णय विनै सभापतिलाई उक्साएको आरोप लगाए। उनले यस्तो अवस्थामा कांग्रेसको साखसँगै सबै पद गुमाएको उनको आरोप थियो।पहिलो संविधानसभामा दोस्रो दलको रुपमा १ सय १४ सिट हुँदा पनि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले अन्य दलसँगको वार्ता र सहमतिका आधारमा राष्ट्रपति पद हाँसिल गर्न सकेको उहादरण दिँदै खड्काले भने, ‘तर यसपटक सरकार गठनमा सहमति नभए प्रतिपक्षमा कसरी बस्ने भन्ने कुराबारे पनि गम्भीर भएर सोच्न कुसलता प्रदर्शन गर्न सकेन र सबै पद गुमाउनु पर्‍यो।’ पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बैठकमा नेताहरुले पार्टीले प्रधानमन्त्री, राष्ट्रपति लगायतका पदमा उम्मेदवारी दिएर संविधानको भावना अनुसार समग्र मुलुकको अखण्डता र राष्ट्रिय एकता कायम राख्न सफल भएको धारणा राखेको बताए।बडुका अनुसार, संसदभित्र सम्पन्न विभिन्न पदका लागि भएको निर्वाचनमा अन्य दललाई मिलाउन नसकेपनि पार्टी प्रतिपक्षमा बसेर मुलुकको हितका लागि काम गर्ने दाबी गरे।