पथरी शनिश्चरे समाजमा पुन: पौडेल

936

पथरी शनिश्चरे समाजमा पुन: पौडेल

राजेश कुईकेल,
दुवई, कार्तिक २०
पथरी शनिश्चरे समाज दुबईले कृष्ण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सुक्रबार दुबईको बर दुबईमा सम्पन्न छैटौ अधिवेसनले पौडेलको अध्यक्षतामा १९ सदस्यिय कार्यसमिति र ४ जना विभागिय संयोजक चयन गरेको हो ।
समितिको उपाध्यक्षमा क्रमस दिल राई, रमण दाहाल र कविन दाहाल, महसचिबमा बलराम कुईकेल, सचिबमा पदम थापा ,कोषाध्यक्षमा शिव पौडेल र सह कोषाध्यक्षमा भिम कोईराला र सदस्यहरुमा तिर्थ आचार्य, डिल्लि संग्रौला, तिर्थ खनाल, रमेश कार्की, शिव मगर, रामचन्द्र विष्ट, उमेस सिवा, देवराज पाठक, गोविन्द लिम्बु, किरण राई र मुना न्यौपाने चयन भएका हुन् ।
त्यस्तै विभागिय प्रमुख अन्तर्गत सुचना तथा संचार विभाग संयोजकमा रमेश खड्का, कला संस्कृति विभाग संयोजकमा हरी खनाल, अनुशासन विभाग संयोजकमा कमल लावती र खेलकुद विभाग संयोजकमा ध्यान राई रहेका छन |
त्यस्तै सस्थाका सस्थापक अध्यक्ष मोहन नेपाललाई संरक्षकको रुपमा चयन गरिएको छ ।
अधिवेसनको अवसरमा दुवईमा दुर्घटनामा परि गम्भिर घाइते भई उपचाररत पथरी शनिश्चरे नपा. वडा नम्बर ८ का मन कुमार विकलाई उपचारमा सहयोग पुऱ्याउने भारतीय नागरिक सकुन्तला श्याम र झापा दमकका रमेश अधिकारीलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
त्यस्तै समाजलाई विभिन्न समयमा योगदान दिने २१ जनालाई प्रसंसा पत्र सहित सम्मान गरिएको थियो । नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष महेश गिरी र महासचिब उत्तम अधिकारी, एनआनएन आससिसी सदस्य गोपाल कडेल, नेपाली समाज युएईका पार्सद अध्यक्ष उपेन्द्र राना मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।