युवा संघद्वारा अनिश्चितकालिन रुपन्देही बन्द आह्वान

564

युवा संघद्वारा अनिश्चितकालिन रुपन्देही बन्द आह्वान

बुटवल ,२१ पुस।   एमालेको भातृ संगठन युवा संघले संघका नेता समेत रहेका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको बिरोधमा शनिबारदेखि अनिश्चितकालिन रुपन्देही बन्दको आह्वान गरेको छ । युवा संघ रुपन्देहीले शुक्रबार एक विज्ञप्ती जारी गरि हत्यारालाई प्रहरी प्रशासनले पक्राउ नगर्दा सम्मकालागि बन्द आह्वान गरिएको बताईएको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाही र केन्द्रीय सदस्य सुजु मल्लद्वारा जारी विज्ञप्तीमा प्रहरी प्रशासनको कमी–कमजोरीका कारण दुःखद घटना घटेको उल्लेख गरिएको छ । अघिल्लो वर्ष सोही स्थानमा युवा संघका जिल्ला अध्यक्ष तिवारीको हत्या हुनु र एक वर्षको अन्तरालमा पुन पौडेलको हत्या भएको स्मरण गराउँदै युवासंघले प्रहरी प्रशासनकै कमि कमजोरीका कारण श्रीङ्खलावद्ध रुपमा हत्या भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । देबदह नगरपालिका वडा नं. २ ढेकार निवासी ३८ वर्षिय पौडेल माथी शुक्रवार बिहान करिव ११ बजेको समयमा गोली प्रहार गरी हत्या भएको थियो ।

पौडेलको हत्यासंगै आक्रोसमा स्थानीयले बुटवल तथा देवदहमा शुक्रवार यातायात बन्द गराएका थिए । यसै बिच व्यबसायीलाई गोली हानी भएको हत्याको व्यबसायिक संघसंस्थाहरुले बिरोध गरेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीले संघका सदस्य उज्जवल सःमिल सञ्चालक पौडेल माथी भएको गोली प्रहार र विभत्स हत्याले गम्भिर ध्यानकर्षण भएको बताएको छ । संघले शुक्रबार नै प्रेस विज्ञप्ती प्रकाशित गरि क्रुर र अमानवीय घटनाप्रति आप्mनै उद्योगमा रहँदा गोली प्रहार गरी हत्या गरिनुले जिल्लाको सुरक्षा व्यवस्था प्रति प्रश्न चिन्ह खडा भएको बताएको छ ।

संघका अध्यक्ष नवराज न्यौपाने र महासचिव दिनेशराज रेग्मीद्वारा जारी विज्ञप्तीमा कायरतापूर्ण हत्याको घोर भत्र्सना गर्दै हत्यारालाई यथाशीघ्र गिरफ्तार गरी कडा कारवाही गर्न जोडदार माग गरिएको छ । त्यस्तै रुपन्देही उद्योग संघले पनि शुक्रबार नै प्रेस विज्ञप्ती जारी गरी हत्यामा संलग्न जो कोही भएपनि यथासिघ्र पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यसै बिच नयां शक्ति पार्टी नेपाल रुपन्देहीले पनि देवदह ढेकारका व्यवसायी बसन्त पौडेलको हत्याको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । नयां शक्ति पार्टी नेपाल रुपन्देहीका संयोजक देवेन्द्र पाण्डे सागरले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दिनदाहाडै युवा व्यवसायी पौडेललाई आफ्नै सः मिलमा गोली हानेर हत्या गरिएको घटनाले पार्टीलाई दुखित र चिन्तित बनाएको उल्लेख गरेका छन् ।

घटनामा संलग्न दोष्ीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन नयां शक्ति पार्टी रुपन्देहीले सरकारसंग माग गरेको छ । साथै विज्ञप्तिमा रुपन्देहीको देवदह क्षेत्रमा सुरक्षा चुनौति बढेको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन समेत माग गरिएको छ ।