रिया क्षेत्री /म्यूनिक जर्मनी
जर्मनीको म्यूनिक शहरमा बसोबास गर्दे आएका राजेश केसीले आफुले अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । बाग्लुङको पैयुँपाटा गाविसमा रहेको त्रिभुवन माविका पूर्व विद्यार्थी केसीले विद्यालय हातमा रहेको लाइब्रेरीमा किताव किन्न लागि ५६ हजार रुपैयाँ सहयोग गरेका हुन् । केसीले विदेशमा बसेर आफुले पढेको स्कुललाई ठूलो सहयोग जुटाउन नसके पनि स्कुल भित्र रहेको लाइब्रेरीलाई सानो सहयोग जुटाएको बताए । उनले ‘विदेशबाट पठाएको सानो सहयोगले स्थानिय रुपमा धेरै ठूलो अर्थ लाग्ने बताउँदै अन्य पूर्व विद्यार्थीहरुलाई समेत सहयोगको लागि हात फैलाउन आग्रह गरे’ ।
बाग्लुङ जिल्लामै पुरानो सो विद्यालय सन् २००७ मा स्थापना भएको हो । अहिले त्यहाँ स्नातक सम्मको पढाई हुने गर्छ । सरकारी लगानीमा सँचालित सो विद्यालयले कक्षा १ देखी ५ सम्म अग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।