किन गोली चल्यो देवदहमा?

506

किन गोली चल्यो देवदहमा?

Goli-chalyoबुटवल, कात्तिक २२रुपन्देहीको देवदहस्थित खैरेनीमा गोली चल्दा एकजना युवक घाइते भएका छन्। स्नुकर खेलिरहेको बेला स्थानीय नारायण बस्नेतमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। सालिग्राम चापागाईँले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ। देवदह ६ का २५ वर्षीय घाइते बस्नेतको लुम्बिनी अञ्चल अस्पतालले थप उपचारको लागि भरतपुर रिफर गरेको छ। घटनालगत्तै पुगेको प्रहरीले चापागाईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।प्रहरीले घटनास्थलबाट ९ एमएमको पेस्तोलको खोका बरामद गरेको छ।स्टार गेम जोन खैरेनी चोकमा भएको गोली प्रहार गर्ने चापागाईँ र बस्नेत एकै संगठनका व्यक्ति थिए। सामान्य विवादमा गोली चलेको प्रत्यक्षदर्शीले बताए।