मिडियामा नाकाबन्दीको प्रभाव, एफएम रेडियो बन्द हुने अवस्थामा

789

मिडियामा नाकाबन्दीको प्रभाव, एफएम रेडियो बन्द हुने अवस्थामा

IMG_20151108_160255बुटवल । यस क्षेत्रमा सञ्चालित एफएम रेडियोका संचालक तथा व्यबस्थापकहरुले नाकाबन्दिकै कारण एफएम रेडियोहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन ।
मधेशमा भईरहेको आन्दोलन र भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण मुलुक भित्र सञ्चालित उद्योगधन्दा ठप्प भएको र ती उद्योगधन्दाबाट आउने बिज्ञापन रोकिएकै कारण एफएम रेडियो धरासायी बन्दै गएको उनीहरुले गुनासो गरेका हुन ।
मधेश बन्द र नाकाबन्दीको प्रभाव मिडियामा अहिलेसम्म नपरेपनि केही समय भित्र समस्या विकराल बनेर आउने संकेत देखिएको उनीहरुको भनाई छ ।
रुपन्देही र पाल्पाका एफएम सञ्चालक तथा व्यबस्थापकहरुसंग आईतबार चाँदनी नेपाल रुपन्देहीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष मोहन चापागाईले मधेश र नाकाबन्दीको समस्या दीर्घकालिन नभएपनि यसले मिडियामा दीर्घकालिन समस्या सिर्जना गरेको बताउनु भयो ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले यहि अवस्था कायम रहिरहे स्थिति भयावह हुने बताउनु भयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक ज्ञवालीले अरु अरु क्षेत्रमा देखिएका समस्याको समाचार लेख्ने मिडिया आफै समस्यामा रहेको बताउँदै मिडिया सञ्चालक तथा काम गर्ने कर्मचारीहरु पनि मितव्ययी बन्न जरुरी रहेको वताउनु भयो ।
एफएम रेडियोमा सोलार प्यानल जडान गर्ने, अनुत्पादक कार्यक्रमहरु हटाउने, एफएमबीच अनावश्यक होडबाजी नगर्ने तथा अनावश्यक समय कटौती गर्ने हो भने मिडियामा हुने लगानी घट्न सक्ने भन्दै यस्तो कार्यक्रम गर्ने हो भने केही हदसम्म भएपनि समस्या कम हुने उहाँको भनाई छ ।
बुटवल एफएमका कार्यकारी निर्देशक माधव नेपालले तत्कालै समस्या धेरै नदेखिएपनि संकेत नराम्रो भएको बताउनु भयो । उहाँले उद्योधन्दा बन्द हुँदा रेडियोमा आउने बिज्ञापन बिस्तारै कटौती हुँदै जान थालेको बताउनु भयो ।
भूकम्पले मुलुकलाई तहसनहस बनाईरहेको अवस्थामा मधेशमा भएको आन्दोलन तथा भारतले गरेको नाकाबन्दीका कारण मिडिया हाउसमा खर्च बढ्दै गएको तर आम्दानी घट्दै गएको रेडियो जागरणका सुमन अधिकारीले बताउनु भयो ।
चाँदनी नेपाल रुपन्देहीका अध्यक्ष भवानी प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नमस्तेका स्टेशन म्यानेजर डायलसन अधिकारी, रेडियो मुक्तिकी अध्यक्ष साबित्रा अर्याल, मदनपोखरा एफएमका अध्यक्ष झपेन्द्र जिसी, खस्यौली एफएमका सुमन श्रेष्ठ, रिपब्लिक एफएमकी उषाकिरण पन्थ लगायतले मधेश आन्दोलन र नाकाबन्दीले मुलुकमा बिबिध क्षेत्र संगै रेडियोलाई पनि त्यो भन्दा बढी समस्या सिर्जना गरेको बताउनु भएको थियो ।