रुपन्देहीका पार्टी अध्यक्ष सहित करिव ५० जना बाबुरामको नयाँ शक्तिमा

1.3K

रुपन्देहीका पार्टी अध्यक्ष सहित करिव ५० जना बाबुरामको नयाँ शक्तिमा

b (1)बुटवल । एकिकृत नेकपा माओवादी रुपन्देहीका अध्यक्ष सहित ३० बढी राज्य समिति सदस्यहरु डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेको घोषणा गरेका छन ।
आज बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुले नयाँ शक्तिको पक्षमा रहेको बताएका हुन । बामदेव पार्टीको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
त्यसरी नयाँ शक्तिको पक्षमा लाग्नेहरु केन्र्दी सदस्य क्षेत्री सहित पूर्व राज्य समिति सदस्य यज्ञ पोखरेल, देवेन्द्र पाण्डे, कृष्ण पोखरेल, लिलाधर मरासीनि, निर्दोस अली, बाबुराम पोखरल, गंगा प्रधान, युवराज अमागाई, जिएस गुरुङ् लगायत रहेका पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै रुपन्देही क्षेत्र नं. १, २, ४ र ५ का क्षेत्रीय ईञ्चार्ज लगायत रहेको यज्ञ पोखरेलले बताउनु भयो । उहाँले आर्थिक बिकास र स्वाधिन अर्थतन्त्रको पक्षमा आफूहरु रहेको र डा. बाबुरामले त्यहि मिसन लिएकाले पनि नयाँ शक्तिमा लागेको बताउनु भयो । रुपन्देहीमा नयाँ शक्ति निर्माणको अभियान शुरु भएको पनि उहाँले बताउनु भयो । b (2)
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीले जिल्लामा ६ हजार नेता कार्यकर्ता रहेको र करिव ४ हजार ५ सय जना नयाँ शक्तिको पक्षमा रहेको दावी गरे ।
दुई दिन अंगाडी बुटवल आएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले अर्का नेता माधव शर्माको अध्यक्षतामा कार्यक्रम गरेकाले अब पार्टीमा रहनुको कुनै औचित्य नरहेको पनि प्रष्ट पार्नुभयो ।
पार्टी सचिव टोपबहादुर रायमाझी डा. भट्टराईको पछिको दोस्रो नेता भएकाले केही समयपछि नयाँ शक्तिमा आउने उहाँको दावी छ । यद्यपी सचिव रायमाझीले पार्टी छोडेर बाबुरामले ठूलो गल्ति गरेको बताउँदै आउनु भएको छ ।