बुटवल, ७ बैशाख । गुल्मी जुभूङ रुपन्देही सम्पर्क समाजको शनिबार भएको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । रामप्रसाद गौतमको अध्यक्षतामा गठित समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश खड्का, उपाध्यक्षमा झुमप्रसाद श्रेष्ठ, सचिवमा मनोज खड्का, कोषाध्यक्षमा दिपक थापा, सहसचिवमा राजीव गौतम, सह–कोषाध्यक्षमा गोपाल गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा शान्ति थापा, राधा थापा, मिठु गौतम, जितेन्द्र खत्री, दिपेन्द्र श्रेष्ठ, जनक गौतम, होमबहादुर राना, ज्ञानेश्वर पाण्डे, मुना राकस, चन्द्रबहादुर रास्कोटी, सन्तबहादुर गाहा, प्रदिप बलाल निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस अघि संस्थाका अध्यक्ष बमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार गिरीराज बिक्रम खड्का, टेकबहादुर बलाल, परामर्शदाता रामप्रसाद गौतम लगायतले बोल्दै संस्थाको बृहत्तर विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा सचिव दिनेश खड्काले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष झुमप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।
सोही अवसरमा संस्थाले प्रकाशन गरेको डाइरेक्ट्रीको विमोचन गरिएको थियो भने आजीवन सदस्यहरु तथा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०७३ सालमा स्थापित सम्पर्क समाजमा हाल ५ सय सदस्य छन् ।