अर्घाखाँचीको पाणिनी तपोभूमिको प्रचार गर्न महायज्ञ

1.4K

अर्घाखाँचीको पाणिनी तपोभूमिको प्रचार गर्न महायज्ञ

प्रेमनारायण आचार्य/
अर्घाखाँची, ५ जेठ । नेपालका एक सय गन्तब्य स्थल भित्र परेको पाणिनि तपोभुमिको प्रचारप्रसार गर्न धार्मिक महोत्सव सुरू गरिएको छ । श्री ब्रह्म वैवर्त पुराण अनुष्ठान ज्ञान महायज्ञको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको थियो । आज सोमबार समापन हुने जारीे धार्मिक महायज्ञमा व्यासाचार्य भुवन गुरूले कथा प्रवचन गर्नुभएको छ ।

बिश्वको प्राचिन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमी प्रयाप्त प्रचारप्रसारको अभावमा ओझेलमा छ । हजारौ बर्ष पहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखााचीको खिदिममा आएका पाण्निी ऋषीले पणेनाको लेकमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गर्नुभएको थियो । पाण्निि तपोभूमि क्षेत्र बिश्व भाषा सम्पदाको प्रमुख स्थल हो ।

यसै क्षेत्रमा आएर पाण्निी ऋषीले तपस्या गरेपछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अईउण्, रिलृक, एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको पंडित केशवानन्द मरासिनीको भनाइ छ । यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके बिश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिने उहाँ बताउनु हुन्छ ।

अर्घाखाँचीको पूर्बमा रहेको पाणिनी गाँउपालिका वडा नं. १ पणेनामा यो तपोभूमी पर्दछ । यस तपोभूमीवाट उत्तर फर्कदा हिम श्रृंखला, दक्षिण फर्कदा तराईका फाटहरु अनि भारतीय भूमि देख्न पाईन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केहि मिनेट उकालो हिडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

यस क्षेत्रको प्रचारप्रसार गर्न सके धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट फाईदा लिन सकिने गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताउनु भयो । पाणिनी ऋषीले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको पनि उहाँले बताउनु भयो । पाणिनि गाँउपालिकाको नाम पनि यहि तपोभुमिको नामबाट राखिएको छ ।

पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएको चौध सुत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण भएको संस्कृत भाषा विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार पाणिनीका चौध सुत्रलाई प्रचारप्रसार र सस्स्कृतको व्याकरण रचना गर्ने काममा पाणिनी पछि कात्यानी र पतञ्जली समेत लागेका थिए ।