लुम्बिनी समृद्धि रियलस्टेटको बुटवलमा सेवा शुरु

796

लुम्बिनी समृद्धि रियलस्टेटको बुटवलमा सेवा शुरु

बुटवल, २५ जेठ । समृद्धि रियल स्टेट कम्पनीले बुटवलमा सेवा शुरु गरेको छ । बुटवल–११ को कालिकापथमा एक करोड चुक्ता पुंजीबाट स्थापित लुम्बिनी समृद्धि रियल स्टेट कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले शनिबार उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मेयर सुवेदीले घरजग्गाको कारोबारलाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन व्यवस्थित कम्पनीबाट कारोबार गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

समृद्धि रियल स्टेटका संस्थापक सामसूर्य तामाङले घरजग्गाको किनबेच, घरजग्गा भाडामा लगाइदिने, आवासीय र ब्यापारिक प्रयोजनका घर÷भवनहरुको व्यवस्थापन र घरजग्गामा लगानी गर्न चाहनेलाई समूहमार्फत लगानी गर्ने लगायतका सेवा कम्पनीले दिने जानकारी गराउनु भयो ।

एक वर्षअघि काभ्रेको बनेपाबाट शुरु भएको कम्पनीले काठमाडौं, पोखरा, बुटवल, थानकोट, भैरहवा, मोरङ, चितवन, नेपालगंज, इटहरी लगायतका शहरमा फ्रेन्चाइजी कार्यालय स्थापना भइसकेका छन् । यस्तै अमेरिका, पोर्चुगल, अस्ट्रेलिया, बेलायत लगायतका देशमा पनि सम्पर्क केन्द्र रहेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सांसद विनोद पहाडी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, तिलोत्तमा जेसीजका अध्यक्ष जयप्रकाश भट्टराई, पत्रकार दामोदर खनालले घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा लुम्बिनी समृद्धि रियल स्टेट संचालक समितिका अध्यक्ष मुक्तिराम जीसी, संचालक सदस्य विमलराज भट्टराई, संचालक जानकी नेपाल लगायतले यस क्षेत्रमा घरजग्गा सम्बन्धी विश्वसनीय सेवा दिन कार्यालय स्थापना गरिएको बताउनु भयो । कम्पनीको कार्यालयबाट सेवा लिंदा वा कारोबार गर्दा निश्चित सेवा शुल्कमा काम हुने भएकाले बिचौलियाबाट ठगिनबाट जोगिने र सम्पत्तिको वैज्ञानिक ढंगले मूल्याङकन हुने कम्पनीको दावी छ ।

कम्पनीले त्यस्ता कारोवारमा मुल्यको १ देखि ४ प्रतिशत सम्म सेवा शुल्क लिईने र अनलाईनबाट पनि कारोवार गर्न सकिने बताईएको छ ।