लुम्बिनीमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक छन् : प्रदेश पर्यटन मन्त्री गिरी

526

लुम्बिनीमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक छन् : प्रदेश पर्यटन मन्त्री गिरी

भैरहवा, १८ भदौ । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी क्षेत्रमा लगानी गर्न चिनिया सकारात्मक भएको बताउनु भएको छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा चिनिया लगानीकर्ता लगानी गर्न उत्साह देखिएको बताउँदै भन्नुभयो–‘हाम्रो प्रतिनिधि मण्डलसंग त्यहाँको सरकार र नीजि क्षेत्रका व्यक्तिहरु बिचको भेटघाटमा लुम्बिनी क्षेत्रको पर्यटन, उद्योग, कृषि र व्यापारमा लगानी गर्न तयार भएका छन् ।’
प्रदेश सरकारको तर्फबाट मन्त्री गिरीको नेतृत्वमा प्रदेश सरकारको प्रतिनीधि मण्डल ६ दिन अंगाडी चिन गएको थियो । बुधबार चिनबाट फर्किने क्रममा लुम्बिनी प्रेस क्लवले गौतमबुद्ध बिमानस्थलमा गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले चीनमा रहँदा त्यहांका अधिकारी समक्ष सिल्क रोड, वन बेल्ट वन रोडको अवधारणा, कृषि र पर्यटनको विषयमा पनि छलफल भएको बताउनु भयो ।
प्रान्तीय भ्रमणका क्रममा उक्त टोलीले चिनको वान्सु प्रान्तमा रहेको मरुभूमिमा बनाइएको मोनका केक भन्ने पहाडसंग लुम्बिनीको सांस्कृतिक सम्बन्ध जोडेर अगाडी बढाउने विषयमा छलफल भएको उहाँले बताउनु भयो । त्यस्तै सान्सी प्रान्तको सिआन शहर, सिचुवानको छेन्दु शहर र लुम्बिनी क्षेत्रसंग जोडेर बुद्धिज्मको प्रबद्र्धन गर्न छलफल अगाडी बढाइएको मन्त्री गिरीले जानकारी गराउनु भयो ।