भैलोको रकमबाट अपाङग आश्रममा खाध्यान्न

720

भैलोको रकमबाट अपाङग आश्रममा खाध्यान्न

12247098_10208253232277845_7332198346322327264_nबुटवल, मंसिर । क्षत्री समाज बुटवल वडा न १३ले भैलो खेलेर संकलन भएको रकमबाट अपाङ आश्रममा खाध्यान्न हस्तान्तरण गरेको छ ।
वडा प्रारम्भीक कमिटिको अयोृजनामा तिहारमा खेलिउको भैलो बाट संकलित रकमबाट आश्रममा चामल,दाल, नुन तेल चाउचाउ तथा फलफुल सहितको खाध्यान्न वितरण गरिएको हो ।
वडा समितिका अध्यक्ष राम वहादुर खनाल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजमा जिल्ला उपाध्यक्ष पार्वती खड्का,सचिवालय सदस्य अर्जुन कुवंर, नगर सदस्य शान्ता अर्याल, देवानसि.ह थापा, गंगा वहादुर बस्नेत, लक्ष्मी बस्नेत, राधा भण्डारी, नेत्र थापा, लक्ष्मी ओली वडा सचिव दुर्गा वहादुर खत्री,आश्रमका अध्यष डोल वहादुर रामदाम लगायतले बोल्नु भएको थियो । क्षत्री समाजले भैलो खेलेको सोहि रकमबाट केहि समय अघि भारतको सुनौलीमा मधेशी मोर्चाका कार्यकर्ताले हात काटेर फालिएका कृष्ण वहादुर क्षेत्रीलाई पनि आर्थिक सहयोग गरेको छ । क्षसैगरि भुकम्प पिडितहरुलाई पनि विगतमा सहयोग पुर्याएको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनु भयो ।