सेन्जेन भिसाको लागि अब दुतावासले फिंगर प्रिन्ट लिने ,यूरोप छिरेर यतै वस्न कठिन

1.4K

सेन्जेन भिसाको लागि अब दुतावासले फिंगर प्रिन्ट लिने ,यूरोप छिरेर यतै वस्न कठिन

ब्रसेल्स /बेल्जियम
मंसिर १०

के तपाई भिजिट भिषामा नेपाल वा भारत देखि यूरोपियन देश विशेष गरेर सेन्जेन क्षेत्र भित्र आउदै हुनुहुन्छ? वा आयर यतै बस्ने सोचमा हुनुहुन्छ ?यदि त्यसो हो भने अहिले   सोचे जस्तो सजिलो छैन | यहि नोभेम्बर २ तारिखदेखि सेन्जेन भिषामा थप परिवर्तन गरियको छ | नया ‘बायोमेट्रिक’प्रणाली अनुसार अब सेन्जेन देश हरुमा पर्यटक भिसा ,पारिवारिक भेटघाट ,वा ब्यापारिक भिसामा आउनेले नेपालमै वा भारतमा १० औलाको छाप ( फिंगर प्रिन्ट) दिनु पर्ने हुन्छ | दिल्ली स्थित बेल्जियम र जर्मन दुतावासले दियको सूचना अनुसार दुतावासले स्क्यान मेसिन बाट फिंगर प्रिन्ट लिनेछन |

‘बायोमेट्रिक’प्रणाली बाट अब पहिला जस्तो एउटा व्यक्तिको पासपोर्टमा अर्को ब्यक्ति यूरोप छिर्ने कार्य पूर्णत बन्द हुनेछ | ठगि धन्दा गर्ने तथा गरिरहेका हरुलाइ यो प्रक्रियाले पूर्णत बन्देज गराउने देखियको छ |यो प्रक्रिया पछि अब यूरोप आउदा प्रयोग गरिने फर्जी कागजात तथा अन्य प्रक्रियाहरु लाइ निर्मुल पार्नेछ | पर्यटक ,ब्यापारिक तथा पारिवारिक भेटघाटको लागि भिसाको १० औलाको छाप (फिंगर प्रिन्ट) दुताबासले लिनेछन |जुन फिंगर प्रिन्ट यूरोपियन डाटा सुरक्षा निकायले सुरक्षित साथ राख्नेछ |

यसको प्रयोग संगै अब विभिन्न बहानामा यूरोप छिर्ने र सरणार्थी आवेदन गर्ने तथा यतै वस्ने हरुलाई सहज छैन | उनीहरुलाई तत्काल यहाको अध्यागमन तथा सम्भन्दित निकायले चेकजाच गर्नेछ |साथै सिमा क्षेत्रमा गरिने चेकजाच पनि यसले सहज बनाउने छ |यो संगै नेपालदेखि विभिन्न कार्यक्रम तथा फर्जी कागजात बनायर पर्यटक भिसामा तथा अन्य भिसामा छोटो समयका लागि आयर यतै वस्ने कार्य रोकिनेछ |

अर्को तर्फ यो प्रक्रियाबाट यूरोपमा आतंकवाद मा नियन्त्रणमा केहि सहयोग पुग्ने पनि देखियको छ | यक पटक फिंगर प्रिन्ट दिईसकेपछि ५ वर्ष सम्म डाटा यूरोपियन डाटा संग रहनेछ  | वारम्बार फिंगर प्रिन्ट दिनु पर्दैन | तर ५ वर्ष पछि यो स्वत खारेज हुनेछ अर्थात् डाटा रहनेछैन |