बुटवलको कान्ति माध्यमिक बिद्यालय बिज्ञान बिषयमा प्रदेशकै नमुना बन्दै

2.3K

बुटवलको कान्ति माध्यमिक बिद्यालय बिज्ञान बिषयमा प्रदेशकै नमुना बन्दै

बुटवलको कान्ति माध्यममिक बिद्यालय बिज्ञान बिषयमा प्रदेशमै नमुना बिद्यालय बन्ने भएको छ । प्रदेश पाँचको राजधानी बुटवलमा २०१० सालमा स्थापित उक्त बिद्यालयलाई प्रदेशकै नमुना बिद्यालय बनाउनकालागि प्रदेश सरकार र संघीय सरकारको ५०/५० प्रतिशत व्यहार्ने गरी २० करोड ८ लाखको परियोजना पारित भएको छ ।
बिद्यालयको प्रस्तावलाई प्रदेश सरकारको सिफारिसमा संघीय सरकार राष्ट्रिय योजना आयोगले प्रदेश र संघीय सरकारले समान व्ययभार व्यहोर्ने गरी स्वीकृति प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक गोबिन्द ज्ञवालीले जानकारी गराउनु भयो ।
बिपन्न परिवारका बिद्यार्थीलाई पनि प्राबिधिक शिक्षा (बिज्ञान) संकायमा अध्ययन गर्ने अवसर प्रदान गर्नकालागि स्वीकृत उक्त परियोजना अन्तरगत ३२ वटा कक्षा कोठा, ३ कोठे प्रशासनिक भवन, तथा छात्र र छात्राका लागि छुट्टा छुट्टै छात्रावासकालागि ३२/३२ कोठाको छुट्टा छुट्टै ४ वटा ब्लवकमा पूर्वाधार निर्माण गरिने छ ।
त्यसकालागि चालु आर्थिक वर्षमा संघीय सरकारले ३ करोड ९२ लाख रुपैंया बजेट विनियोजन समेत गरिसकेको छ भने आगामी आर्थिक वर्षकालागि ५ करोड २ लाख रुपैंया बजेट छुट्याईसकेको बिद्यालयले जनाएको छ । २ वर्षभित्रै पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने उक्त परियोजनाकालागि प्रदेश सरकारले पनि सोही अनुसार बजेटको व्यबस्था गर्नुपर्ने प्रधानाध्यापक ज्ञवालीले बताउनु भयो ।
बिद्यालयको बुधबार हुँदैगरेको बार्षिकोत्सवको बारेमा जानकारी गराउनकालागि मंगलबार साँझ बिद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले वार्षिकोत्सव लगत्तै प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयसंग समन्वय गरेर पूर्वाधार निर्माणकालागि टेण्डर आह्वान गरिने बताउनु भयो । उहाँले सबैको साथ सहयोग र शिक्षकहरुको अथक मेहनतकै कारण बिद्यालय अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित भएको बताउँदै सम्पन्न र सफल शैक्षिक संस्था बनाउने आफूहरुको अभियान बिस्तारै पुरा हुँदै गएको प्रतिक्रिया दिनुभयो ।