जी २५ क्लवद्वारा कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

जी २५ क्लवद्वारा कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य परिक्षण

जी २५ क्वल बुटवल ११ देवीनगरको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिबिर गरिएको छ । कञ्चन गाउँपालिका वडा नं. १ लौसामा भएको शिबिरमा २०८ जनाले आखाँ परिक्षण गराएका थिए । त्यसमध्ये १४ जनामा मोतियाबिन्दु भेटिएको चिकित्सकलाई उद्रित गर्दै क्लवका महासचिव जगदिश न्यौपानेले जानकारी दिनुभयो । लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा भएको आँखा स्वास्थ्य शिबिरमा सोही अस्पतालको चिकित्सकहरुको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो ।
शिबिरमा आँखा चेकजाँच गराएकाहरुलाई आँखाको स्याहार सम्बन्धि परामर्श सेवा समेत प्रदान गरिएको थियो भने आवश्यक पर्नेलाई निःशुल्क औषधी समेत प्रदान गरिएको क्लवले जनाएको छ । शिबिरमा मोतियाबिन्दु भेटिएका बिरामीको निशुल्क शल्यक्रिया गरिदिने पनि क्लवले जनाएको छ ।
शिबिरमा कञ्चन गाउँपालिका वडा नं. १ की सदस्य गोमा कार्कीले क्लवले ग्रामिण क्षेत्रमा आएर आँखा शिबिर सञ्चालन गरेको र आँखा स्वास्थ्य सम्बन्धि परामर्श सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अझैपनि ग्रामिण जनता आफ्नो स्वास्थ्य प्रति सजग हुन नसकिरहेको अवस्थामा क्लवले चेतनामुलक कार्यक्रम सञ्चानल गरेर राम्रो काम गरेको उल्लेख गर्नुभयो ।
क्लवका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सल्लाहकारहरु निर्मल नेपाल, हुमराज बस्याल, खेमराज अधिकारी लगायतले क्लवले सामाजिक काम गर्दै आएको र सामाजिक कामलाई निरन्तर रुपमा अंगाडी बढाईने बताउनु भयो । क्लवका सचिव सजन भारीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन क्लवका महासचिव जगदिश न्यौपानेले गर्नुभएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares