भैरहवा,मंसिर .सरकारी स्वामित्वमा रहेको नेपाल आयाल निगम क्षेत्रिय कार्यालय भलवारी अन्तरगतको खुद्रा बिक्रि केन्द्र (पेट्रोल पम्प) अंचलपुर भैरहवामा स्थानिय अनुगमन समितिले सिल बन्दी गरिदिएको छ ।
बाणिज्य बिभागको नेतृत्वमा जिल्ला प्रशाशन कार्यालय रुपन्देही, नापतौल तथा गुणस्तर कार्यालय, प्रहरी र सञ्चारकर्मी सहितको टोलीले शुरु गरेको अनुगमन अनुसार सरकारी प्रटोल पम्पमा नै अनियमितता भएको पाईएपछि पम्पमा सिल लगाईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाले अनुगमनमा खटिएको टोलीले पम्पमा जांच गर्दा पम्पमा डबल नोजल्स प्रयोग गरिएको पाईए पछि आफुले पम्पमा शिल गर्न आदेश दिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
उहाका अनुसार आयाल निगमकै पम्पबाट तेलको परिमाण पुरा नपुग्ने गरी डवल नोजल्स प्रयोग गरि आम उपभोक्तालाई ठगिरहेको पाईएको हुदा पम्पमा शिल लगाएर थप अनुसन्धान र कार्वाही प्रक्रिया अगाडि बढाईएको छ ।
अनुगमन टोलीले भैरहवाका अन्य स्थानमा पनि अनुगमन जारी राखेको जनाएको छ ।