होराइजनको हाजिरीजवाफमा स्मृति प्रथम,सिद्धार्थ द्धितिय र दिप तृतिय भए

579

होराइजनको  हाजिरीजवाफमा स्मृति प्रथम,सिद्धार्थ द्धितिय र दिप तृतिय भए

new

बुटवल । न्यू होराइजन उच्च मावि बुटवलको आयोजनामा भएको २४ औं न्यू होराइजन अन्तर मावि रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगितामा स्मृति बोडिङ स्कुल तिलोत्तमा प्रथम हुदै २४ औ रनिङ सिल्ड जितेको छ । यस्तै सिद्धार्थ ईङगलिस बोडिङ उच्चमाबि द्धितिय र दिप बोडीङ उच्चमाबि तृतिय भयका छन् । प्रथम, द्धितिय र तृतिय हुने बिद्यालयले क्रमस १५ हजार , १२ हजार र १० हजार सहित कप प्राप्त गर्न सफल भएका छन् ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलय रुपन्देहीका प्रमुख टेक बहादुर थापाले पुरस्कार बितरण गरेका थिए । सो अवासरमा जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, प्याव्यसन रुपन्देहीका अध्यक्ष सुदीप केशी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, स्मृति बोडीङ स्कुलका प्रचार्य हरि ज्ञवाली, न्युहोराईजन उच्चमावीका प्रार्चाय लोकनाथ उपाध्यायले बोलेका थिए ।६३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा फाइृनल राउण्डमा ६ विद्यालय प्रतिष्प्रर्धा गरेका थिए । जसमा दिप बोडिङ उच्चमाबि, सिद्धार्थ ईङगलिस बोडिङ उच्चमावी, कालिका उच्चमाबि, सगरमाथा उच्चमावी, रोजवर्ड एकेडेमी, स्मृति बोडिङ स्कुल फाईनलमा प्रतिष्प्रर्धा गरेका थिए । न्युहोराईजन उच्चमावीका अध्यक्ष बिमल बहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धुव्र पन्थि र सरस्वती गौतमले संचालन गरेका थिए ।