ग्याँस बोकेको गाडी पल्टिँदा चालकको मृत्यु

626

ग्याँस बोकेको गाडी पल्टिँदा चालकको मृत्यु

रुपन्देहीको नयाँमिलमा ग्याँस वोकेको वोलेरो पिकअप पल्टिँदा चालकको मृत्यु भएको छ । वोलेरोले मोटरसाईकिललाई ठक्कर दिएपछि अनियन्त्रित भएको थियो । सोही दुर्घटनामा २ जना घाईते भएका छन् ।
बुटवलवाट भैरहवा तर्फ जादै गरेको लु १ च ३८२६ नम्बरको वोलेरो गाडीले अनियन्त्रित हुदाँ सभिसलेनमा लु १९ प ५३६३ नम्बरको मोसालाई ठक्कर दिदा मोसा चालक, मोसापछाडी सवार र वोलेरो चालक गम्भिर घाईते भएका थिए । वोलेरो चालकको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दाङ जिल्ला घर भएका वोलेरो चालक वर्ष ३० को असकुमार चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
आईतवार दिउसो सवा चार वजे भएको दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउपालिका १ का मोटरसाईकल चालक वर्ष ४७ को कमलप्रसाद पोखरेल र सोही मोटरसाईकलमा सवार वर्ष ३५ को कृष्ण खडका घाईते भएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको क्रिमशन अस्पतालमा उपचार भैरहेको छ ।