‘म युद्धमा बाँचेको, नेपाली मान्छे’- बालकृष्ण अर्याल

887

‘म युद्धमा बाँचेको, नेपाली मान्छे’- बालकृष्ण अर्याल

balkrishana aryalllप्रत्येक वर्ष जन्मदिन मनाउदै मेरी आमा मलाई आर्शिवाद दिन्छिन दिर्घायु सु स्वास्थ्यको कामना गर्छिन् । मनभरीका आफ्ना पिडाहरुलाई मन भित्रै दबाएर भएपनि मलाई ठूलो बनाउने सपना साकार पार्नकालागि उनको तिब्र ईचछा छ । कहिले काहीँ आमाको अगाडी गएर अब म तपाईको साहारा बन्छु भन्न कोशिस नगरेको पनि होइन तर ति कहाली लाग्दा पल सम्झदा र वर्तमानलाई नियाल्दा मन भित्र उठेका ति भाव मुखमा आउन नपाउदै हराएर जान्छ । दिनहरु बित्दै गए आज आमाले छाडेर गएको पनि दशक नै भएछ । आज आमाको श्राद्धको दिन, हिजो अस्ति जस्तो लाग्छ आमाले छाडेर गएको पनि ।
२००७ सालको जनआन्दोलन जसले हजुरबुवालाई शहिद बनायो । देशमा प्रजातन्त्र स्थापना भयो, जताततै खुशियाली छायो, विडम्बना त्यो खुशि धेरै दिन टिक्न नपाउदै चैत्रमासको हावाले उडाएर लग्यो । ती सबै खुशिहरु २०१७ सालको त्यो दिन अझै पनि विर्सन सकेको छैन । तेरो बाबु पनि पञ्चायत विरोधी, आन्दोलनमा हिडेको देख्दा डरको सिमा नै रहेन भन्नुहुन्थ्यो हजुरआमाले । त्यही कारणले गर्दा छोरामा परिवर्तन आउछकी भनेर बिहे गरिदिनुभयो हाम्रो । तरपनि उहाँको बानी उस्तै कति सम्झाउन खोजे भन्नुहुन्थ्यो शहिदको सन्तान मर्नदेखि डराउन हुन्न भनेर । ‘२०३२ सालमा तेरो जन्म भयो त्यसै ताका कहिलेकाँही त हप्तौ सम्म पनि घर आउनु हुदैनन्थ्यो ।’ यो आमाले भनेको कुरा हो । ०३६ साल आयो केही होला भनेको निर्दलको विजय भयो पुनः आन्दोलनको स्वरुप बदलियो आन्दोलन भई नै रह्यो ।
२०४७ सालमा आमुल परिवर्तन भयो देशमा पुनः प्रजातन्त्र आयो । अब त शान्तिको साँस फेर्ने बेला भयो । संविधान पनि आयो देशमा विकासले गति लिन थाल्यो । दिनहरु बित्दै गए तेरो बाबालाई पनि निष्ठुरी कालले लग्यो एक्ली भएको महशुस भयो । तै पनि तरो अनुहार हरेर सबै विर्से दिनहरु अगाडि बढ्दै गए । समय परीवर्तनसंगै धेरै थोरै अनुभव संगाल्दै संगाल्दै आमाले पनि छाडेर जानुभयो । २०५२ सालमा २० वर्षको उमेरमा म पुर्ण रुपमा अनाथ भए । क्याम्पस पढ्दै थिए अब त केहि गर्नुपर्छ भन्ने अठोट गरे । भर्खरै आईकम सकेर विविएस अध्ययरत थिए । नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएर गए छनौट प्रक्रियामा उर्तिण भई जागिरमा लागे । त्यो पनि धेरै दिन टिक्न सकेन । देशमा माओवादीको आन्दोलन हत्या हिंसा शुरु भयो भर्खरै विहे गरेको श्रीमतीको अनुरोधलाई नर्कान नसकी जागिर त्यागेर सबै नेपाली जस्तै विदेशी भुमीमा पसिना बगाउन बाध्य भँए । विगतका पिडा भुलेरै भएपनि वर्तमानमा रमाउन कोशिस गर्दै थिएँ । जनतन दिनहरु चलेकै थियो खबर आयो माओवादी शान्ति वार्तामा आयो अरे साच्चै नै रहिछ खुशिको सिमा रहेन । आफुले जागिर त्याग्नु परे पनि अब कोही नेपाली मर्ने छैनन भन्ने कुराले मनलाई सान्त्वना दियो । अब आफ्नै देशमा बसेर केहि गर्ने निर्णय गरी मरुभुमीको जिवनलाई त्यागिदिए ।
आफ्नो देशमा आएर तराईमा लिएको जग्गामा बसाई सरेँ । अब त देशमा बिकास होला, अंगाडी बढ्ला भन्ने मनमा आशा थियो । त्यसपछि पनि कहिले बन्द कहिले हड्ताल, मनमा लिएको आशा सबै सपना जस्तै भयो । नयाँ नेपाल बनाउने योजनाकारहरुको नयाँ नयाँ आन्दोलनका स्वरुप (कहिले नेवा राज्य, कहिले तामसालिन त कहिले मगरात) जस्ता राज्यको माग गर्दै भएका आन्दोलनसंगै एक मधेश एक प्रदेशको मागले हाम्रो मुलुकलाई अन्यौलतातिर धकेलेको छ । छिमेकीलाई मर्दाको मलामी र ज्यूदाको जन्ती भन्छन्, हाम्रो छिमेकीलाई हामिले बनाएको संविधान मन परेन रे !
यति मात्रै होईन, समस्या अझै धेरै छन् । जे होस् म जन्मे देखी नै आन्दोलनको भुमरीमा परेको छु । जन्मेर बामे सर्दा २०३६ साल १४ वर्षको उमेरमा २०४७ साल १७ बर्षको उमेरमा २०५२ साल २७ बर्षमा २०६२।०६३, त्यस पश्चात त अन्योल नै अन्योल त्यसमाथी संविधान बनाउने नबनाउने होडबाजी बल्ल बल्ल संविधान निर्माण भयो त्यो पनि नाकाबन्दीको मारमा ।
कसैलाई हिन्दु राष्ट्र, कसैलाई संघियता, कसैलाई एक मदेश एक प्रदेश, कसैलाई आरक्षण, कसैलाई संरक्षण भएन रे, कसले बुझेको छ र म अर्थात सम्पुर्ण म (सम्पुर्ण नेपाली) लाई के चाहिएको छ कसैले बुझेको छैन । त्यसैले आन्दोलनमा जन्मनु मेरो अभिसाप हो की भाविले नै यस्तै लेखेको बुझ्न सकेको छैन ।
आन्दोलन अर्थात एक किसिमको युद्ध, जुन २०१७ सालदेखि २०४६ साल भित्र जन्म लिएका म जस्ता नेपालीले आफ्नो बाल्यकाल पञ्चायतका बिरुद्धको युद्धमा बिते भने युवा अवस्था माओवादीको युद्धमा बिते । जीवनमा केही गरौं भन्ने बेला आन्दोलन नै आन्दोलनमा बित्ने भए । यदि यस्तै किसिमको असहज स्थिती सिर्जना भईरहने हो भने बाँकी जीवन पनि युद्धमा नै बित्ने भयो । म आन्दोलनमा हुर्केर युद्धमा बाँचेको नेपाली मान्छे ।
(पञ्चायत कालमा जन्मेको मान्छेको कल्पना गरेर समयसान्दर्भिक रुपमा गरिएको विश्लेषण । २०१७ देखि ४६ सालकोबीचमा जन्म लिने मान्छेले भोगेका जीवनका भोगाईहरुलाई यहाँ उतार्ने प्रयास गरिएको छ ।)