बुटवलमा सञ्चालित प्रदेश स्तरीय ‘टिन लिडर’को उपाधि तिलोत्तमाकी सृष्टिलाई

बुटवलमा सञ्चालित प्रदेश स्तरीय ‘टिन लिडर’को उपाधि तिलोत्तमाकी सृष्टिलाई

बुटवलमा सञ्चालन गरिएको ५ नं. प्रदेश स्तरीय टिन लिडरको उपाधि तिलोत्तमाकी सृष्टि थापाले हात पारेकी छन् । इन्टलेक्ट एजुकेशनल इन्ष्टिच्युसनको आयोजनामा शनिबार साझ भएको ग्राण्ड फिनालेमा सिद्धार्थ ईङ्लिस बोर्डिङ् स्कुलमा अध्ययनरत तिलोत्तमा नगरपालिका वडा नं. ४ की थापाले उपाधि चेमकी हुन् । टिन लिडरको उपाधि संगै उनले ५१ हजार रुपैंया नगद पुरस्कार तथा ट्रफि प्राप्त गरेकी छन् ।
प्रतियोगितामा कालिका मानव ज्ञान माध्यमिक बिद्यालयमा अध्ययनरत बुटवल सुख्खनगरकी सुस्मा खनाल फष्ट रनरअफ भएकी छन् । त्यस्तै भैरहवाकी साई ग्लोवल एकेडेमीमा अध्ययनरत स्मृति भुसाल सेकेन्ड रनर अफ हुन सफल भईन् । उनीहरुलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको थियो ।
शनिबार भएको ग्राण्ड फिनालेमा टप टेनमा पर्न सफल भएका १० जनाले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई अघिल्लो साता भएको अडिसन राउण्डबाट छनौट गरिएको थियो । अडिसन राउण्डमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । इन्टलेक्ट एजुकेशनल इन्ष्टिच्युसन युवा (बिशेष गरेर टिन एजका)हरुको व्यक्तित्व तथा नेतृत्व बिकासकालागि तालिम प्रदायक संस्था भएकाले पहिलो पटक १६ देखि १९ वर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरेर टिन लिडर प्रतिस्पर्धा गराईएको इन्टलेक्ट एजुकेशनल इन्ष्टिच्युसनका अध्यक्ष दिपक रोकाले जानकारी गराउनु भयो ।
उक्त ग्राण्ड फिनालेमा प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले भविश्यका कर्णधार युवाहरुको व्यक्तित्व र नेतृत्व बिकास गर्ने दायित्व सरकारको हुँदा हुँदैपनि नीजि क्षेत्रबाट सञ्चालित संघसंस्थाहरुले दायित्व लिएर काम गरेकामा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सरकारका तर्फबाट पनि यस्ता कार्यक्रमलाई अंगाडी बढाउने बताउनु भयो ।
कार्यक्रममा खुमा अर्याल फाउण्डेशनका संरक्षक खुमा अर्याल, प्रदेश पाँच प्रहरी तालिम केन्द्र बुटवलका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक डा. गणेश रेग्मी लगायतका व्यक्तिहरु सहभागि हुनुहुन्थ्यो । प्रतियोगिताको उपाधिकालागि विजेता सहित भैरहवाकी संस्कृति पन्त, लिट्स कलेजमा अध्ययनरत महोत्तरीका मनिशंकर प्रसाद शाह, देवदहका रमेश अधिकारी, बुटवल कालिकानगरकी निशाना पोखरेल, तानसेन पाल्पाका अभिषेक बस्याल, कपिलबस्तु बाणगंगाका गौरव पौडेल र सुनवल नवलपरासीका गौरव काफ्लेले पट टेनमा प्रतिस्पर्धा गरेका थिए ।

Share This
  • 368
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    368
    Shares