शरणार्थी प्रवाह नियन्त्रणमा टर्की र यूरोपेली संघ बीच सम्झौता

936

शरणार्थी प्रवाह नियन्त्रणमा टर्की र यूरोपेली संघ बीच  सम्झौता

ब्रसेल्स /बेल्जियम
मंसिर १४

शरणार्थी प्रवाह नियन्त्रणमा टर्की र यूरोपेली संघ बीच आज साझ सम्झौता भयको छ | सिरियन शरणार्थी लियवापत टर्कीले सहयोग स्वरूप यूरोपेली संघबाट  ३ बिलियन यूरो प्राप्त गर्ने छ  | साथै आज टर्की र यूरोपेली संघ बीच बसेको अर्ध वार्षिक बैठकमा आगामी योजनाबारे थप छलफल भयको छ |

आज सम्पन्न उक्त शिखर सम्मेलनमा बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिसेल र टर्कीका प्रधानमन्त्री अहमेत दाबूतोग्लु सहित केहि यूरोपेली नेताहरुको सहभागिता रहेको थियो | उक्त सम्मेलनमा टर्की हुदै यूरोप आउने शरणार्थीहरुलाई टर्कीमै राख्ने कार्य योजनाका बारेमा विस्तृत छलफल भयको थियो |

सोहि रकम भित्र बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिसेलले बेल्जियम सरकारले ७२ मिलियन यूरो र थप सहयोग टर्कीलाई गर्ने बतायका छन | तर टर्कीको कार्यन्वयन पश्चात उक्त सहयोग प्रदान गरिने बताय | त्यस्तै गरेर जर्मन चान्सलर एन्जेला मार्केलले टर्कीले सिरियन शरणार्थी लियवापत उक्त रकम प्रदान गरियको पुस्टि गरेकी छिन |

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले यूरोपेली संघ र टर्की बिचको सम्बन्ध अझै बलियो भयको बतायका छन |उनका अनुसार थप वार्ता छिट्टै राखिने र कार्ययोजना दुर्त गतिमा जानेछ |त्यस्तै गरेर टर्कीका प्रधानमन्त्रिले पनि आजको दिन एतिहासिक रहेको बतायका छन | अब वर्षको दुइ चोटी सिमानाहरुमा कसरी कडा तुल्याउन सकिन्छ भन्ने बारेमा यूरोपेली संघ संग बैठक बस्ने पनि प्रस्ट पारे|

आजको सम्मेलनमा भयका सम्झौताहरु
१ टर्कीले सिरियन शरणार्थी लिय वापत ३ बिलियन यूरो प्रदान गरिने र शरणार्थी शिविर तथा अब्य सुधारको लागि आगामी २ वर्ष सम्म उक्त रकम खर्च हुने |
२ विशेष गरेर यो रकम शरणार्थी हरुको लागि स्वास्थ्य ,शिक्षा मा खर्च गरिने | स्थानीय श्रम बजारमा शरणार्थी हरुलाई उपयोग गर्न सिकिने |
३ टर्की हुदै यूरोपका देश छिर्ने हरुलाई पुन टर्की फिर्ता पठाइने तथा उनीहरुकै देशमा सिधै पठाइने छ |
४ यूरोपेली संघले संयुक्त रास्ट्रसंघको मान्यतामा टर्कीमा शरणार्थी शिविर खडा गर्नेछ | संख्या तोकियको भने छैन |
५ टर्कीका यात्रुहरुमाथिको प्रवेशाज्ञा अवरोधहरु हटाइने र युरोपेली संघमा टर्कीको प्रवेशसम्बन्धमा अर्को वर्ष देखि प्रक्रिया सुरुवात हुने |

 

-एजेन्सीको सहयोगमा