एन आर एन पोर्चुगलद्वारा नाकाबन्दीको विरुद्धमा प्रदर्शन

1.3K

एन आर एन पोर्चुगलद्वारा   नाकाबन्दीको विरुद्धमा प्रदर्शन

ब्रसेल्स/बेल्जियम
मंसिर १५

गैर आवासीय नेपाली संघ (एन आर एन ) पोर्चुगलले भारतले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा बुझायको ज्ञापन पत्र भारतीय दुतावासले स्वीकार गरेन | पोर्चुगल स्थित भारतीय दुतावासमा कार्यरत कन्सुलरले आफुहरुलाई कुनै पनि ज्ञापन पत्र नबुझ्नको लागि आदेस भयको जवाफ दियका थिय |

गैर आवासीय नेपाली संघ पोर्चुगलका अधक्ष्य भिम कमल केसीका अनुसार विरोध प्रदशन संगै नारावाजी गर्ने क्रममा पोर्चुगल स्थित भारतीय राजदुत डा राजेन्द्र नाथ मिश्र सुटुक्क अर्को ढोका बाट बाहिरियका थिय | ‘हामीले ज्ञापन पत्र दिन जाने क्रममा त्यहा स्थित कन्सुलरले सुरक्षा गार्ड मार्फत नबुझिने सूचना पठायकी थिइन् ‘केसीले भने ‘हामीले ज्ञापन पत्र इमेल मार्फत पठाइसकेका छौ र रजिस्ट्री पत्र पनि प्रेषित गर्ने क्रममा छौ |’

एन आर एन पोर्चुगलले आयोजना गरेको विरोध प्रदशन कार्यक्रममा पोर्चुगल स्थित सबै राजनैतिक ,सामाजिक .साहित्यिक संघसस्थाहरु बाट करिब ५ सय बेसी नेपालीहरुको सहभागिता रहेको थियो | विरोध प्रदशनमा सहभागीहरु ‘ब्याक अफ इंडिया’ ,’ भूकम्पले ३ लाखलाइ असर गर्यो तर नाकाबन्दीले ३० लाखलाई असर गरेको छ ‘,नेपाल माथिको हस्तक्षेप बन्द गर ‘ नारा लेखेका प्ले कार्ड हरु र ब्यानर सहित प्रस्तुत भयका थिय |

यूरोपमा भयका नेपालीहरुले यसघि बेल्जियम स्पेन डेनमार्क स्विस लगायतका देशहरुमा रहेका भारतीय दुतावासहरुमा पुगेर नाकाबन्दीको विरोध तथा ज्ञापन पत्र बुझाईसकेका छन | स्पेन र स्विस्मा मा दुतावासले ज्ञापन पत्र बुझेको थियो भने डेनमार्कमा बुझ्न मानेको थियन | बेल्जियममा प्रदशन गर्ने दिनमा दुताबास बन्द भयको हुदा ज्ञापन पत्र दुतावासको पत्र मन्जुषामा राखेका थिय |

porchugal porchuga porchu porch kc kc kml kml nrnpo

फोटो सौजन्य -भिम केसी कमल