बुटवल मंसिर, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य देव गुरुङले ने बताउंनु भएको छ ।
एमाओवादी र क्रान्तिकारी माओवादीबीच एकताको अन्तिम गृहकार्य भएको भन्ने एमाओवादीको प्रचारवाजीलाई उहांले केटाकेटीपनको संज्ञा दिनुभयो । नेकपा –क्रान्तिकारी माओवादीं) अवध राज्य समितिको एकता अधिवेशनलाई आज बुटवल १४ ढवाहमा उद्घाटन गदैं नेता गुरुङले उक्त कुरा बताउंनु भएको हो ।
नयां जनवादी क्रान्तिको परित्याग र लोकतानित्रक गणतन्त्रको बाटो समात्नु एमाओवादी कम्युनिष्ट आन्दोलनबाट विचलित भएको दावी गदैं त्यस्तो पार्टीसंग एकता नहुंने उहांले प्रष्ट पार्नुभयो ।मुलुकमा भारतले लगाएको नाकावन्दी फागुनसम्म नहट्ने उहांले दावी गर्नुभयो । कांग्रेसको महाधिवेशन र ओली सरकार रहेसम्म भारतीय नाकावन्दी जारी रहन्छ,उहांले भन्नुभयो । साम्राज्यवादको इसारा र मुलुकमा फास्ट ट्रयाकको नाममा प्रमुख तीन दलले देश टुक्राउंने दस्तावेज (संविधान) जारी गरेको नेता गुरुङले आरोप लगाउंनुभयो ।अर्का सचिवालय सदस्य के.बी.गुरुङले क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकिकरण र धु्रविकरण गरेको बताउंनुभयो । अर्का सचिवालय सदस्य इन्द्रमोहन सिग्देलले जारी संविधान प्रतिगामी र पश्यगामी भएको दावी गदैं संविधानले आदिवासी जनजाति,दलित,महिला,मधेशी लगायत कसैको अधिकार सुनिश्चित नगरेको बताउंनुभयो ।कार्यक्रम अवध राज्य समिति संयोजक प्रेम सुवेदीको अध्यक्षता,सहसंयोजक अशोक लम्सालको संचालन तथा केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलको स्वागतमा सम्पन्न भएको थियो । अधिवेशन नयां नेतृत्व चयन गरि आज राति सकिने संयोजक प्रेम सुवेदीले जानकारी दिनुभयो ।