बुटवलमा प्रचण्ड–माधव समुह नेकपाको बिरोध सभा : प्रतिगमनलाई असफल पारिदिने चेतावनी

865

बुटवलमा प्रचण्ड–माधव समुह नेकपाको बिरोध सभा : प्रतिगमनलाई असफल पारिदिने चेतावनी

प्रतिनीधि सभा ९संसद० विघटनको बिरुद्धमा बुटवलमा प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले बिहिबार प्रदर्शन सहित बिरोध सभा गरेको छ । बुटवलको राजमार्ग चौराहा, गोलपार्क र जीतगढीबाट गरिएको प्रदर्शन पछि अस्पताललाईनमा बिरोध सभा गरिएको थियो । बिरोध सभामा बोल्दै सबै नेताले प्रधानमन्त्री केपि ओलीले प्रतिगमनको यात्रा तय गरेको बताउँदै प्रतिगनको यात्रा असफल पारिदिने चेतावनी दिएका थिए ।

ओलीलाई साधारण सदस्यबाट निस्कासन गरिने

बिरोध सभामा बोल्दै पार्टीका अध्यक्ष माधव कुमार नेपालले ओलीले प्रतिगनको यात्रामा अंगाडी बढेको र सुधार गर्न नसकिएका कारण पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गर्ने तयारी भएको बताउनु भयो । उहाँले ओलीसंग संसद विघटनको विषयमा स्पष्टिकरण सोधेर साधारण सदस्यबाट निस्कासन गरिने बताउनु भएको हो । उहाँले निर्वाचन आयोगले पहिले बुझाएको केन्द्रीय सदस्यको लिष्ट हेरेर निर्णय गर्ने भएकाले आधिकारिक नेकपा आफूहरुको हुने समेत दावी गर्दै ओलीतिर लागेकाहरुलाई आधिकारिक नेकपामा गोलवन्द हुने समेत आग्रह गर्नुभयो ।

प्रतिगमनलाई अदालतले नसच्याए जनताले सच्याउँछन्

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको प्रतिगमनलाई अदालतले सच्याउने बताउँदै अदालतले सच्याएन भने जनताले सच्याउने चेतावनी दिनुभयो । ‘अदालतले संसद पुनःस्थापना गर्नेछ, मलाई विश्वास छ ।’ उहाँले भन्नुभयो–‘यदि भएन भने, त्यो भन्दा ठूलो अदालत जनता हो, जनताको आन्दोलनले संसद पुनःस्थापना गर्नेछ ।’ प्रधानमन्त्री ओलीका बिरुद्ध आफूहरुको आन्दोलन नभएको बताउँदै गलत प्रबृत्तिका बिरुद्ध अपिल गर्न आफूहरु आएको बताउँदै उहाँले ओली प्रबृत्तिलाई लुम्बिनीले धाराशाही पार्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

ओली बिनाको कम्युनिष्ट पार्टी बनाउँछौं

प्रचण्ड–माधव समुहका लुम्बिनी प्रदेश ईञ्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले एकै पटकमा तीन प्रहार गरेको बताउँदै संसद विघटनकै कारण पार्टीलाई छिन्नभिन्न पार्ने, संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने तथा अस्थिरता सिर्जना गर्ने काम गरेको उल्लेख गर्नुभयो । केपि ओली कम्युनिष्टको खोल ओढेको खोक्रो राष्ट्रवादी भएको आरोप लगाउँदै उहाँले अव ओली बिनाको कम्युनिष्ट पार्टी आफूहरुले बनाउने दावी गर्नुभयो ।

आज कालिबहादुर खामहरु किन चाहियो ?

पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रचण्ड–माधव समुहको नेकपा मुल धारको कम्युनिष्ट पार्टी भएको दावी गर्दै विचौलिया कार्यकर्ता तयार गर्ने काममा ओली लागि परेको आरोप लगाउनु भयो । हिलो कालिबहादुर खामहरुलाई मुद्धा चलाउन तयार हुनेहरुलाई आज कालिबहादुर खामहरु चाहिएको बताउँदै ओलीको भ्रममा नपर्ने समेत पूर्व माओवादी लडाकुहरुलाई आग्रह गर्नुभयो ।

काम गर्न नदिईएको होईन

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफैले चुनेको अध्यक्ष आफैले बनाएको प्रधानमन्त्री ओलीमा निरंकुशताको प्रेत चढेको बताउँदै ओलीको कदमलाई अदालत, सडक सबै ठाउँमा हराउने बताउनु भयो । ओलीले आफूलाई काम गर्न नदिएको भन्ने भनाई प्रति उहाँले भन्नुभयो–‘उहाँलाई काम गर्न नदिएको होईन, मुलकलाई बर्वादिको बाटोतिर अगाडी बढ्न मात्रै नदिईएको हो ।

धेरै खरानी घसे, आफ्नै अनुहार देखिनेछैन

अर्का स्थायी कमिटि सदस्य चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्री ओलीले संविधान खारेज गर्ने नियतका साथ संसद विघटन गरेको आरोप लगाउँदै रगत बगाएर बनाएको संविधान खारेज हुन नदिने दावी गर्नुभयो । उहाँले पूर्व माओवादी खेमाका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणी थापा लगायतका नेताहरु तिर औंल्याउँदै जाबो एउटा मन्त्री खानको लागि प्रतिगमनलाई साथ दिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो–धेरै खरानी नघस्नुहोस, धेरै खरानी घसे अफ्नै अनुहार ऐनामा देखिनेछैन ।’

संसद विघटन संविधानमै व्यबस्था छैन

नेकपा प्रचण्ड–माधव समुहकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले संविधानको कुन धारामा संसद विघटन गर्ने प्रधानमन्त्रीलाई अधिकार छ रु भन्ने प्रश्न गर्दै संविधानमा संसद विघटनको व्यबस्था नै नभएको दावी गर्दै संसद जिवितै रहेको दावी गर्नुभयो । उहाँले ओली तिर लागेका पूर्व माओवादी खेमाका नेताहरुलाई शहिदको रगतले धिक्कार्ने बताउँदै आफूहरुले समाजवाद हुँदै साम्यवादको यात्रा पुरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

आन्दोलनको आदिवेहरी ल्याउँछौं

नेता बामदेव क्षेत्रीले डा। केआई सिंहले राणा बिरुद्ध आन्दोलन सुरु गरेको बुटवलबाट पुनः एकपटक प्रतिगमन बिरुद्ध आन्दोलन गर्नुपरेको बताउँदै संसद पुनःस्थापित नभएर आन्दोलनको आधिवेहरी ल्याउने बताउनु भयो ।

मुलुक शक्तिराष्ट्रको क्रिडास्थल

प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर विदेशी शक्ति केन्द्रहरुको क्रिडास्थल बनाउने काम गरेको बताउँदै संसद विघटनको कदम कुनै पनि मानेमा स्वीकार्य नहुने भनाई राख्नुभयो ।