बिद्यालयलाई सरकारको आग्रह : ‘कोरोना बढ्न सक्छ, स्वास्थ्य मापदण्डको पालना गरौं’

बिद्यालयलाई सरकारको आग्रह : ‘कोरोना बढ्न सक्छ, स्वास्थ्य मापदण्डको पालना गरौं’

नेपालसंग खुला सिमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमण बढेसंगै नेपालमा पनि त्यसको प्रभावको आँकल गरि सरकारले स्वास्थ्य मापदण्ड पालनालाई जोड दिन थालेको छ । नेपालमा कोरोना भाईरस संक्रमण फेरी बढ्न सक्ने आँकलन सहित शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै बिद्यालयहरुमा शिक्षक बिद्यार्थीलाई अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गराउन तथा नियमित रुपमा सावुन पानीले हात धुने, ज्वरो नाप्ने र संक्रमणको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजाने प्रवन्ध मिलाउन आग्रह गरेको हो ।
त्यस्तैगरी बिद्यालयमा वार्षिकोत्सव तथा सभा समारोह नगर्न र भिडभाड नहुनेगरी पठनपाठनको व्यबस्था मिलाउन समेत आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गर्न गराउन समेत बिद्यालयहरुलाई आग्रह गरिएको छ ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares