‘टिन लिडर-सिजन २’को उपाधी सरोजलाई

‘टिन लिडर-सिजन २’को उपाधी सरोजलाई

इन्टलेक्ट एजुकशनल ईन्ष्टिच्युसनले आयोजना गरेको दोस्रो संस्करणको टिन लिडसको उपाधी तेस्रो लिङ्गि सरोज न्यौपानेले हात पारेकी छन् । शनिबार साँझ भएको ग्राण्ड लिनालेमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै लुम्बिनी प्रदेश स्तरीय टिन लिडर सिजन टुको उपाधी रुपन्देहीको तिलोत्तमाकी न्यौपानेले हात परेकी हुन् ।
टिन लिडर सिजन टुकी बिजेता न्यौपानेलाई उपाधीसंगै ५१ हजार रुपैंया नगद पुरस्कार समेत प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा प्रतियोगितामा उत्तम श्रेष्ठ फस्ट रनरअफ भएका छन् । अघिल्लो वर्ष सञ्चालन गरिएको टिन लिडर सिजन १ को उपाधी लितोत्तमा ड्राईभरटोलकी सृष्टि थापाले हात पारेकी थिईन ।

युवा युवती तथा किशोरकिशोरीलाई क्षमता बिकासको क्षेत्रमा काम गर्ने गरी संस्था स्थापना गरिएको बताउँदै इन्टलेक्ट एजुकशनल ईन्ष्टिच्युसनका अध्यक्ष दिपक रोकाले टिन एजर युवायुवतीलाई लक्षित गरेर अघिल्लो वर्षदेखि टिन लिडर प्रतियोगिता सञ्चालन गरिएको जानकारी गराउनु भयो । प्रतियोगितमा भाग लिनको लागि लुम्बिनी प्रदेशका १२ वटै लिल्लाबाट १४–१९ उमेर समुहका युवा युवती सहभागि भएको र ग्राण्ड फिनालेमा १५ जनालाई छनौट गरिएको उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले यस्ता कार्यक्रमले बिशेष गरेर टिनएजर (१३–१९ उमेर समुहका) युवायुवतीको नेतृत्व र व्यक्तित्व बिकासमा समेत महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
ग्राण्ड फिनालेमा उद्घाषक दिनेश डिसी, डा. ज्योती राना, पत्रकार अधिवक्ता बालकृष्ण चापागाई र इञ्जिनियर रबिकुमार रौनियारले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यहि चैतको ७ गते पहिलो अडिसनबाट १५ जना छनौट गरि उनीहरुलाई एक साताको प्रशिक्षण पछि ग्राण्ड फिनालेमा प्रस्तुत गरिएको प्रतियोगिताका संयोजक मदनप्रसाद पन्थीले बताउनु भयो । रुपन्देहीको तिलोत्तमा ड्राईभरटोल स्थित होटल टुलिपमा भएको ग्राण्ड फिनालेमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी मुख्य प्रायोजक भाई ईन्ष्टिच्युटका प्रवन्ध सञ्चालक निलम अधिकारी लगायत बिभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares