अतविपन्नलाई पत्रकार पाण्डेको सहयोग

1.3K

अतविपन्नलाई पत्रकार पाण्डेको सहयोग

नेपाल पत्रकार महासंघ रुपन्देहीकी कार्यसमिति सदस्य कमला पाण्डे (हरिकला)ले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । कोरोना भाईरस महामारीको चपेटामा परेका रुपन्देहीको मायाँदेवी गाउँपालिका वडा नं. ३ का अति विपन्न ३० परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गर्नुभएको हो ।
कोरोना भाईरस महामारीका कारण प्रशासनले गत बैशाख १६ गतेदेखि गरेको निषधाज्ञा कायमै छ । लामो समयको निषेधाज्ञाका कारण दैनिक ज्यालामजदुरी गरि खाने वर्गलाई साँझ बिहानको हातमुख जोड्न धेरै समस्या भएको छ ।
रेडियो नमस्तेकी स्टेशन म्यानेजर, नेपाल प्रेस युनियन रुपन्देहीकी कार्यसमिति सदस्य तथा डब्लुडब्लुजेमा समेत आवद्ध पाण्डेले विपन्न परिवारमा भएको यो पिडामा केही भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको बताउनु भयो ।
ज्यालामजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका उनीहरुलाई पत्रकार पाण्डेले राहत स्वरुप अत्यावश्यक चामल, दाल, नुन, तेल बितरण गर्नुभएको हो ।
प्रति परिवार २० किलो चामल, ३ किलो दाल, २ लिटर २ किलो चिउरा, २ किलो नुन र ५ किलो आलुसमेत गरि ३० परिवारलाई खाद्यान्न प्रदान गरिएको र अत्यावश्यक भएमा अरुपनि सहयोग गर्ने उहाँले बताउनु भयो । उक्त सहयोग पाएपछि ती विपन्न परिवार खुसी भएका थिए ।