गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको एक स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्रि प्रदान गर्नुभएको छ । मंगलबार मात्रै गृहमन्त्रीमा नियुक्त हुनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ४ को मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्रि प्रदान गर्नुभएको हो ।
प्रतिनीधि सभाका प्रमुख सचेतक समेत रहनु भएका मन्त्री खाँणले उक्त स्वास्थ्य संस्थालाई १ थान अक्सिजन कन्सन्टेटर मेसिन, ४ थान हस्पिटल बेट, ४ थान म्याट्रेस, सिरानी लगायतका स्वास्थ्य सामाग्रि प्रदान गर्नुभएको हो ।
मन्त्री खाँणले उपलब्ध गराउनु भएको उक्त स्वास्थ्य सामाग्रि नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बुधबार स्वास्थ्य संस्थाका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजेन्द्र कंडेल र स्वास्थ्य संस्थाका प्रमुख डा. सुशिल पौड्याललाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामाग्रि प्रदान गर्दैै काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कोरोना महामारीका बिच पनि स्वास्थ्यकर्मीले बिरामीको उपचारमा अहोरात्र खटिनु परेको र बिरामीको उपचारमा केही भएपनि सहज बनाउन सकियोस भन्ने उद्देश्यले मन्त्री खाँणले स्वास्थ्य सामाग्रि प्रदान गर्नुभएको जानकारी गराउनु भयो ।
प्राप्त स्वास्थ्य सामाग्रि ग्रहण गर्दै स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा अध्यक्ष कंडेलले सिमित स्रोत साधनका बिच बिरामीको उपचार हुँदै आएको र प्राप्त स्वास्थ्य सामाग्रिले केही भएपनि सहज हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य केन्द्रका प्रमुख डा. पौड्यालले स्वास्थ्य सामाग्रि उपलब्ध गराएकोमा आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा नेपाली काँग्रेसकी नेतृ लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरी, सुद्धोधन गाउँपालिकाका सभापति किशुनचन्द चौधरी, वडा अध्यक्ष तथा महासमिति सदस्य विष्णु बस्याल, प्रेम फौदार लगायत काँग्रेस नेताहरुको सहभागिता रहेको थियो ।