रुपन्देही जिल्लामा साउन १ र २ गते दुई दिन कोरोना बिरुद्ध लगाईने भेरोसिल खोप लगाईँदै छ । जिल्लाका १६ स्थानीय तह तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवाको भिम अस्पतालमा लगाईने उक्त खोपको लागि सरकारले १ मात्रा पनि खोप नलगाएका ५५ वर्ष भन्दा माथिका व्यक्तिलाई प्राथमिकताको सूचीमा राखेको छ ।
त्यसबाहेक विश्वविद्यालय, बिद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक तथा सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई खोपको प्राथमिकताको सूचीमा राखिएको छ ।