लुम्बिनीका तीन मन्त्रीकाे सांसद पद चैट

170

लुम्बिनीका तीन मन्त्रीकाे सांसद पद चैट

लुम्बिनी प्रदेेश सरकारका तीन मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् । पार्टीकाे निर्णय विपरित मन्त्री बनेका सनता समाजवादी पार्टी (जसपा) का सांसदहरु सञ्ताेषकुमार पाण्डे, बिजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट पदमुक्त भएका हुन् ।

उनीहरुलाई जसपाकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले कारवाहीकाे निर्णय गरेकाे थियाे । दलकाे सिफारिसमा उनीहरुलाई कारवाही गरिएका लुम्बिनी प्रदेेश सभा सचिवालयले प्रकाशित गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

उनीहरु यस अगाडि पनि साे पार्टीले गरेकाे कारवाहीकाे सिफारिसकाे आधारमा सांसद पदबाट मुक्त भएका थिए । सर्बाेच्चकाे अन्तरिम आदेशबाट पुन:बहाली भएका उनीहरुलाई पार्टीकाे आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसंगै पुन: कारवाही गरिएकाे हाे ।

उनीहरुसंगै प्रदेश सरकारमा सहभागी भएका सुमन शर्मा रायमाझीले भने यस अगाडिनै मन्त्री पदबाट राजीनामा गर्नु भएकाे थियाे ।

अल्पमतका बाबजुधपनि सत्तामा रहेका मुख्यमन्त्री शंकर पाेखरेल नेतृत्वकाे सरकार थप जाेखिममा परेकाे छ ।