बुटवलमा माता मौलाकालिका डेन्टल क्लिनिकको सेवा सुरु

700

बुटवलमा माता मौलाकालिका डेन्टल क्लिनिकको सेवा सुरु

बुटवलको अस्पताललाईनमा माता मौलाकालिका डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । करिव २० लाख लगानीमा सञ्चालन गरिएको उक्त डेन्टल क्लिनिकको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता बिरेन्द्र कानोडियाले शुभारम्भ गर्नुभएको हो ।
युवा व्यबसायी सुरेन्द्र अग्रहरी, सुरेन्द्र लम्सालको संयुक्त लगानीमा सञ्चालन गरिएको क्लिनिकमा दाँतको परीक्षण, दाँत तथा मुख रोगसंग सम्बन्धित बिषयमा परामर्श, दाँत तथा मुखको एक्स–रे लगायतका सम्पूर्ण सेवा प्रदान गरिने छ । दाँत तथा मुख रोग विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमले दाँत तथा मुखको उपचार तथा परामर्श गर्नेछ ।