अन्तर्राष्ट्रिय युवा दिवस : युवा उद्यमी मञ्चद्वारा रक्तदान

622

अन्तर्राष्ट्रिय युवा दिवस : युवा उद्यमी मञ्चद्वारा रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा उद्यमी मञ्च रुपन्देहीले बिहिबार बुटवलमा रक्तदान गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस र युवामा रक्तदान गर्ने प्रबृत्तिको पनि बिकासको लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान गरिएको युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले बताउनु भयो । रक्तदानमा मञ्चका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, सदस्यहरु र बिशेष गरेर युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।