लुम्बिनी प्रादेशिक अस्पतालकाे मेसुमा डा. ईन्द्र ढकाल नियुक्त

306

लुम्बिनी प्रादेशिक अस्पतालकाे मेसुमा डा. ईन्द्र ढकाल नियुक्त

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा वरिष्ठ चिकित्सक डा. ईन्द्र ढकाल नियुक्त हुनुभएकाे छ । लुम्बिनी प्रदेश सरकारकाे बिहिबार बसेकाे मन्त्री परिषद बैठकले मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर डा. ढकाललाई निमित्त प्रमुख सुपरिटेण्डेन्टकाे जिम्मेवारी दिएकाे हाे ।

मन्त्री परिषद बैठकले प्रमुखकाे जिम्मेवारीबाट हटाईएका डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नकाे लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।