आज महाशिवरात्री : शिवमन्दिरहरुमा दर्शनार्थीको घुईँचो

1.3K

आज महाशिवरात्री : शिवमन्दिरहरुमा दर्शनार्थीको घुईँचो

आज महाशिवरात्री । फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री मनाईन्छ । मध्यरातमा परेका दिन आराध्यदेव भगवान शिवको पुजा–आराधना गरि शिवरात्री मनाईँदै आएको छ ।
आज (शिवरात्रीको दिन) भगवाद शिवको नाममा ब्रत बस्ने गरिन्छ । शुद्ध भई भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवलाई मन पर्ने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यसो गर्दा सर्वसिद्धि लाभ हुने विश्वास गरिन्छ ।
त्यस्तै साँझमा प्रत्येक घर, चोक र मठमन्दिरमा धुनी जगाएर भजनकीर्तनका साथ जाग्राम बस्ने गरिन्छ । आज शिवजीको पुजा गर्नको लागि शिव मन्दिरहरुमा भक्तजनहरुको घुईचो छ ।
महादेव शिवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । त्यस्तै शिवमन्दिरहरुमा पनि दर्शनार्थी भक्तजनहरुको घुईचो लागेको छ ।