सरकारले तेजाब आक्रमणविरुद्ध र यौन हिंसा विरुद्धको अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निणर्य गरेको हो ।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो । तर सरकारले बेलैमा प्रतिस्थापन विधेयक नल्याएका कारण ती अध्यादेश निष्क्रिय भएका थिए ।