५१ औ बैठकमा भयका निर्णयहरु विधान संगत :शेष घले

533

५१ औ बैठकमा भयका निर्णयहरु विधान संगत :शेष घले

ब्रसेल्स/बेल्जियम
पुष ११

गैर आवासीय नेपाली संघ बेल्जियमका अधक्ष्य शेष घलेले ५१ औ बैठकमा भयका निर्णयहरु विधान संगत भयको बताउनु भयको छ | यूरोप भ्रमणमा रहनुभयका घलेले नेपालमा भएको मानबिय संकटको सहयोगार्थ केन्द्रले निर्देस गरे बमोजिम एनआरएनए बेल्जियमले भुकम्प पिडीतहरुकोलागी करिव एक करोड नेपाली रुपया र औषधीकोलागी पांच लाख सहयोग गरेकोमा एनआरएन बेल्जियमलाई धन्यवाद दिनु भयको थियो |साथै उहाले आफ्नै कारणले गर्दा एन आर एन बेल्जियमले कार्यक्रम ढिलो आयोजना गरेको हुदा अन्यथा नलिन सबैलाई आग्रह गरे |

घलेको स्वागार्थ एन आर एन बेल्जियमले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो |

तर कार्यक्रममा बोल्दै संघका केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठले ५१औं बैठकमा भएका निर्णयहरु बिधानसंगत हुनु पर्नेमा जोड दिनु भएको थियो । जनसमुदायले गएको बैठकको निर्णयको बिषयमा प्रश्न गरेकाले यो बिषयलाई नितीगत तथा ब्यवाहारिकरुपमानै सामधान गर्नु पर्नेमा जोड दिनु भयो ।
केहि दिन अघि यूरोप भ्रमणको क्रममा अधक्ष्य शेष घले बेजियम आइपुगेका थिय | स्रोतका अनुसार अधक्ष्य घले बेल्जियममा ब्यबसाय सुरु गर्ने उधेस्यले यहा आयका थिय | ब्यबसायमा नेपाली ब्यबसायिक संघ बेल्जियमका नवनिर्वाचित अधक्ष्य सी पी भट्ट ,तमु समाजका युबराज गुरुङ लगायतको लगानी रहने बुझियको छ |

चौतर्फी दबाब आयपछी अधक्ष्य गंगाधर गौतमले उपाधक्ष्य कृष्ण पौडेललाई कार्यक्रमको तय गर्न निर्देशन दियको बुझियको छ | सोहि अनुरुप पौडेलले गत राती सबैलाई समुहगत सूचना जारि गरेका थिय | सूचना जारि गरे लगत्तै एन आर एन बेल्जियममा रहेका पदाधिकारी तथा सदस्यहरुले असुन्तुस्टी ब्यक्त गरेका छन | उनीहरु कार्यक्रममा उपस्थिति नहुने तथा यो प्रक्रिया गलत रहेको जनाउ दियका छन |तर आजको अद्क्ष्य गौतमले आफ्नो पुर्व निर्धारित कार्यक्रम भयको हुनाले नर्वे गयको जनाईयाको थियो | त्यस्तै गरेर महिला उपाधक्ष्य यासु थापा लगायत केहि सदस्य तथा पदाधिकारीहरु कार्य व्यस्तताले उपस्थित हुन् नसकेको बताईयको थियो |

कार्यक्रममा प्रमुख अतिथी लगाएत संपुर्णलाई स्वागत एनआरएनए, बेल्जियमका उपाध्यक्ष पदम गुरुगंले गर्नु भएको थियो । एनआरएनए, बेल्जियमकी कोषध्यक्ष आगंमाया लामाले अतिथीहरुलाई खाता लगाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा ब्यस्थताको कारण एनआरएनए, बेल्जियमका माहासचिव लोक दाहाल उपस्थित हुन नसक्नु भएको जानकारी गराउदै कार्यक्रमको संचालन एनआरएनए, बेल्जियमका सचिव गोबिन्द सिंह अधिकारीले गर्नु भएको थियो ।गैर आवासिय नेपाली संघ, बेल्जियमका कार्यबाहक अध्यक्ष किष्ण प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयको थियो |